आइतबार, कार्तिक २३ २०८३
ताजा अपडेट

जिपी कोइराला फाउण्डेशन काठमाडौँ ४ (ख) ले गर्यो रक्तदान कार्यक्रम


  • शुक्रबार, साउन २ २०७७
16.8K
SHARES

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित घटराज मेमोरियल विद्यालयमा शुक्रबार जिपी कोइराला फाउण्डेशन काठमाडौँ ४ (ख) र नेपाल रेड क्रस सोसाइटि कपन शाखाको संयुक्तमा आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त रक्तदान कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ क्षेत्र नं ४ का माननीय गगन कुमार थापाले कार्यक्रमको उद्घाटन गर्नुभएको हो । बिपी कोइरालाको १०७ औँ जन्म जयन्तिको अवसरमा आयोजना गरिएको कार्यक्रममा गरिएको कार्यक्रममा ४१ जनाले रक्तदान गरेको संयोजक नभराज खनालले बताएका छन।
कोभिड १९ को महामारीसँगै ब्लड बैँकमा रगतको अभाव खड्किरहेको बेलामा थोरै मात्र भए पनि सहयोग पुगोस् भन्ने हेतुले यस रक्तदान कार्यक्रमको आयोजना गरेको जि पि कोइराला फाउन्डेशन काठमाडौँ ४ (ख) का संयोजक बिजेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा