शनिबार, भाद्र २० २०८३
ताजा अपडेट

धादिङको पोखरे खोला पुगेरै बाढीपीडितलाई उद्धार शान्ति केन्द्र नेपालको खाद्यान्न सहयोग


  • शनिबार, भाद्र २० २०८३
475
SHARES

काठमाडौं- भदौ १० गते आएको बाढीबाट प्रभावित धादिङको पोखरे खोला क्षेत्रका पीडित परिवारलाई उद्धार शान्ति केन्द्र नेपालले खाद्यान्न सामग्री सहयोग गरेको छ।

केन्द्रका केन्द्रीय प्रमुख रविन्द्र भट्टराईको नेतृत्वमा गएको टोलीले धादिङको वडा नं. ५ मा पुगेर बाढी प्रभावित परिवारलाई आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराएको हो। राहत वितरण कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्षको समेत उपस्थिति रहेको थियो।

बाढीका कारण प्रभावित परिवारको दैनिक जीवन प्रभावित भइरहेका बेला तत्काल आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराएर केही राहत पुर्‍याउने उद्देश्यले सहयोग गरिएको केन्द्रले जनाएको छ। विपद्को समयमा प्रभावित परिवारको आवश्यकता पहिचान गरी मानवीय सहयोगलाई निरन्तरता दिने केन्द्रको प्रतिबद्धता छ।

राहत वितरणका क्रममा केन्द्रले बाढीबाट प्रभावित सम्पूर्ण परिवारप्रति सहानुभूति व्यक्त गर्दै कठिन परिस्थितिमा एकअर्काको दुःखमा साथ दिनुपर्नेमा जोड दिएको छ। विपद्को समयमा सहयोग, सद्भाव र आपसी सहकार्यबाट प्रभावित परिवारलाई थप हौसला मिल्ने केन्द्रको भनाइ छ।

उद्धार शान्ति केन्द्र नेपालले यसअघि पनि विभिन्न विपद् तथा समस्यामा परेका नागरिकलाई राहत तथा सहयोग गर्दै आएको छ। आगामी दिनमा पनि आवश्यकताअनुसार मानवीय सेवाका कार्यलाई निरन्तरता दिने केन्द्रले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा