शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

सामाजिक एकता र मानव सेवामा सक्रिय नेतृत्वद्वय गैरे सम्मानित


  • शुक्रबार, भाद्र १९ २०८३
3.6K
SHARES

काठमाडौं — सामाजिक एकता, मानव सेवा, सकारात्मक सोचको आदान–प्रदान तथा उच्च मनोबलको विकासका लागि मन, वचन र कर्मले निरन्तर क्रियाशील रहँदै आउनुभएका ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालका केन्द्रीय अध्यक्ष प्रकाश दिप गैरे र वरिष्ठ उपाध्यक्ष श्री सुशिला कट्टेल गैरे सम्मानित भएका छन्।

राष्ट्रिय कला, संगीत र स्रष्टाको सम्मान कार्यक्रम–२०८३ अन्तर्गत आयोजना हुने चौथो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड–२०८२ समारोहमा नेतृत्वद्वय गैरेलाई प्रेरणादायी वक्ता सम्मानद्वारा सम्मानित गरिएको हो।

संस्थाको केन्द्रीय नेतृत्वमा रही आत्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका अध्यक्ष गैरे र वरिष्ठ उपाध्यक्ष कट्टेल गैरेले सामाजिक सद्भाव, मानव सेवा, सकारात्मक सोच तथा सामाजिक एकताको प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आउनुभएको जनाएको छ।

उक्त सम्मान आज नेपाल पुलिस क्लब, प्रदर्शनी मार्ग, काठमाडौंमा आयोजना गरिएको हो । कार्यक्रममा कला, संगीत, संस्कृति तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएका विभिन्न स्रष्टा, कलाकार तथा अन्य विशिष्ट व्यक्तित्वहरू समेत सम्मानित भएको बताइएको छ।

ब्राण्डरुट इन्टरटेनमेन्ट प्रा.लीको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा सम्बन्धित क्षेत्रका विशिष्ट व्यक्तित्व, शुभेच्छुक तथा सर्वसाधारणको समेत बाहुल्य सहभागिता रहेको आयोजकले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा