सोमबार, साउन ११ २०८३
ताजा अपडेट

माफ अध्यक्षमा रविन दाहाल निर्वाचित


  • सोमबार, साउन ११ २०८३
1.5K
SHARES

श्रावण १० गते वुढानिलकण्ठ स्थित होलिडे इन रिसोर्टमा सम्पन्न म्युचुअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) को अधिवेशनले इलिक्सर एकेडेमीका प्रिन्सिपल रविन दाहालको अध्यक्षतामा सर्वसम्मत रूपमा आगामी दुई वर्षका लागि देहाय वमोजिम कार्यकारी समिति निर्वाचित गरेको छ ।

अध्यक्ष : रविन दाहाल, इलिक्सर एकेडेमी
उपाध्यक्ष: राजेश खरेल, व्हिज किड्स इन्टरनेसनल स्कुल
सचिव: जि. एन. पाण्डे, प्रस्फुटन इन्टरनेसनल एकेडेमी
सहसचिव: मदन कुमार पोखरेल, नेपाल मेगा स्कुल
कोषाध्यक्ष: राजेन्द्र थपलिया, लाइसियम मोडेल स्कुल
सदस्य: जेसिका चेम्जोङ, न्यु अरुणोदय सेकेन्डरी स्कुल
सदस्य: छत्रमणी राई, गोल्डेन पिक हाइ स्कुल
अतिरिक्त कृयाकलाप संयोजक: रेगन सिंह, शाम्भवी स्कूल

कार्यक्रम उद्घाटन सत्र एवम बन्द सत्र गरी दुई चरणमा सञ्चालन भएको थियो। उद्घाटन सत्रमा माफ सदस्य विद्यालयका सम्पूर्ण प्रिन्सिपल तथा निर्देशकज्यूहरूले माफका बिगतका गतिविधिहरूको समिक्षा गर्दै आगामी दिनहरूमा माफलाई समृद्ध बनाउन तथा माफ सदस्य विद्यालयहरूको गुणस्तर अभिबृद्दिको लागि माफले खेल्नुपर्ने भुमिकाको बारेमा चर्चा गर्नुभएको थियो। उद्घाटन कार्यक्रमको समापन गर्दै माफका निवर्तमान अध्यक्ष इशु गुरुङले आफ्नो कार्यकाल सफल बनाउन योगदान गर्नुहुने कार्यसमिति पदाधिकारी, सदस्यज्यूहरू लगायत सम्पूर्ण माफ सदस्यज्यूहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो।

अधिवेशनको बन्द सत्रमा सचिव राजेश खरेलले सांगठनिक प्रतिवेदन एवम् कोषाध्यक्ष राजेन्द्र थपलियाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। आगामी दुई वर्षको कार्यकालको लागि कार्यसमिति निर्वाचन प्रयोजनका लागि वरिष्ठ सल्लाहकार राजु राइको संयोजकत्वमा सल्लाहकारहरू सम्मिलित निर्वाचन मण्डल गठन गरिएको थियो। निर्वाचन मण्डलले आफ्नो जिम्मेवारी पुरा गर्दै सर्बसम्मत रुपमा कार्यसमिति चयन गर्दै निर्वाचनको कार्यक्रम सम्पन्न गरेको थियो। कार्यक्रमको अन्त्यमा निर्वाचन मण्डल संयोजक राईले कुशलता पूर्वक आफ्नो कार्यकाल पुरा गर्न नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिनु भएको थियो भने नवनिर्वाचित अध्यक्ष रविन दाहालले आफुलाई विश्वास गरी जिम्मेवारी प्रदान गर्नुभएकोमा सम्पूर्ण माफ सद्स्यहरूलाई धन्यवाद ज्ञापन गर्दै इमानदारी पूवक कार्य सम्पादन गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा