शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

करुणा अस्पतालमा दन्त चिकित्सा सेवा सुरु


  • आइतबार, फाल्गुन २ २०७७
26K
SHARES

काठमाडौँ-बूढानीलकण्ठ नगरपालिका वडा नं १३, चुनिखेलमा रहेको करुणा अस्पतालले दन्त चिकित्सा सेवा विस्तार गरेको छ ।
अस्पतालले फाल्गुन १ गते दन्त चिकित्सा उद्घाटन गर्दै सेवा विस्तार गरेको हो ।


बहु विशेषज्ञ सेवा भएको करुणा अस्पतालमा दन्त चिकित्सा सम्वन्धि विभिन्न समस्याहरुको उपचार शनिबारदेखि नै सुरु गरिएको अस्पतालले जनाएको छ ।
दाँतको सफाइ, दाँत भर्ने, जरा देखिको उपचार (Root Canal Treatment, RCT), नक्कली दाँत हाल्ने तथा तार बान्ने र सबै किसिमका दन्त सम्बन्धि समस्याहरुको नयाँ प्रविधिबाट उपचार गरिने अस्पतालका प्रमुख डा. दिवस अधिकारीले जानकारी प्रदान गर्नुभएको छ।

सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा भएको उक्त उद्घाटन कार्यक्रम मार्फत अझै विभिन्न किसिमका सहज तथा आधुनिक प्रविधिहरुबाट स्वास्थ्य परिक्षण तथा अन्य सेवाहरुलाई वृद्धि गर्ने क्रमलाई निरन्तरता दिँदै आएको जनाउनुभएको छ । साथै अझै पनि सेवाग्राहीहरुको सेवाका लागि आवश्यक विभिन्न सेवाहरुलाई थप गरिँदै लगिने समेत अस्पतालले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा