आइतबार, भाद्र ७ २०८३
ताजा अपडेट

पीडितहरूको अवस्था बुझ्न नुवाकोट पुगे सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना


  • आइतबार, भाद्र ७ २०८३
684
SHARES

नुवाकोट । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना नुवाकोटका बाढी तथा पहिरो पीडित नागरिकको अवस्था बुझ्न स्थलगत अवलोकनमा पुगेका छन् । भदौ ४ गते परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरोबाट ठूलो क्षति पुगेपछि मन्त्री तिमिल्सिना प्रभावित क्षेत्रको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन नुवाकोट पुगेका हुन् ।

मन्त्री तिमिल्सिनाले शिवपुरी गाउँपालिका, पञ्चकन्या गाउँपालिका र लिखु गाउँपालिकाका बाढी तथा पहिरोबाट प्रभावित विभिन्न स्थानको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले बाढी तथा पहिरोका कारण क्षतिग्रस्त सडक, घर तथा अन्य भौतिक संरचनाको अवस्थाबारे जानकारी लिएका थिए ।

क्षतिग्रस्त क्षेत्रको निरीक्षणपछि मन्त्री तिमिल्सिनाले प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा आवश्यक सहयोगलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल गर्न सकिने काम ढिलाइ नगरी अघि बढाउन निर्देशन दिएका छन् ।

स्थलगत निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले बाढी तथा पहिरोबाट प्रभावित नागरिकसँग आज दिभर नै प्रत्यक्ष भेटघाट गरेका थिए । उनले पीडित नागरिकका समस्या, गुनासा तथा तत्काल आवश्यक पर्ने सहयोगका विषयमा जानकारी लिएका थिए ।

मन्त्रीसँगै प्रभावित क्षेत्रमा पुगेका रास्वपाका नेता सन्तोष थापाले पीडित नागरिकले तत्काल राहत तथा आवश्यक सहयोगको माग गरेको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा