काठमाडौँ । बुढानीलकण्ठ माओवादी केन्द्रले आफ्नो लोभलाग्दो सक्रियता बढाइरहेको छ । स्थानीय कार्यक्रममा पनि शीर्ष नेताहरूलाई सहभागी गराउनेदेखि जनजागरण कार्यक्रम, विभिन्न अभिमुखीकरण कार्यक्रम गर्दै सक्रियता बढाइरहेको छ ।
केही दिन अगाडी मात्रै नगरवासीको घर घरमा पुगेर जनजागरण अभियान कार्यक्रम सम्पन्न गरेको थियो । त्यस पछि आज नगर कमिटी अन्तर्गत एक साथ दुई मोर्चा संयुक्त नगर अधिवेशन सम्पन्न गर्न सफल भएको छ ।
नगर कमिटीले नेवा राष्ट्रिय मुक्ति मोर्चा र तामाङ राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त नगर अधिवेशन एकै मञ्चमा सम्पन्न गर्न सफल भएको हो ।
नेकपा माओवादी केन्द्र काठमाडौँ जिल्ला इन्चार्ज हिमाल शर्मा प्रमुख आतिथ्ययतामा भएको उक्त कार्यक्रममा नेवा राष्ट्रिय मुक्ति मोर्चाका उमेश स्थापित, काठमाडौँ जिल्ला अध्यक्ष संजय लामा, बुढानीलकण्ठ नगर कमिटीका अध्यक्ष भाइनारायण श्रेष्ठ र माओवादी केन्द्रका स्थानीय नेता दामोदर पौडेल लगायत अन्य नेता कार्यकर्ताको उपस्थित थियो ।
अधिवेशनबाट बाबुराज श्रेष्ठको नेतृत्वमा नेवा मुक्ति मोर्चाको १५ सदस्यीय नगर कमिटी गठन गरिएको छ । यस्तै, बिरु लामाको नेतृत्वमा तामाङ मुक्ति मोर्चाको नगर कमिटी अधिवेशन मार्फत चयन गरिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।