बुधबार, जेष्ठ ११ २०७९
ताजा अपडेट

नेकपा खोटाङ–काठमाडौँ बूढानीलकण्ठ सम्पर्क मञ्चको अध्यक्षमा हेम कुमार राई चयन


  • KTM Khabar
  • सोमबार, फाल्गुन १७ २०७७
14.8K
SHARES

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङ–काठमाडौँ बूढानीलकण्ठ सम्पर्क मञ्चको अध्यक्षमा बूढानील्कण्ठ–१० का हेम कुमार राई चयन भएका छन् ।
सोमबार मिलनचोक पार्टी भेन्युमा एक कार्यक्रमको आयोजना गर्दै राईको अध्यक्षतामा ९ सदस्य समिति चयन गरिएको हो ।


नेकपाका केन्द्रीय सदस्य तथा मुख्य सचेतक विशाल भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा खोटाङ जिल्लामा जन्म भई बूढानीलकण्ठ नगरपालिमा बसोवास गर्ने व्यक्तिहरुको सम्पर्क मञ्च गठन गरिएको नव गठित सम्पर्क मञ्चका उपाध्यक्ष प्रकाश कटुवालले बताए ।


कार्यक्रममा प्रदेशसभा सदस्य कला राई, बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेल, उपमेयर रमा देवी राई, नगर प्रवक्ता एवं वडाअध्यक्ष नवराज भट्टराई, वडाअध्यक्ष शम्भु भट्टराई, वडाअध्यक्ष राजु अधिकारी, नेकपा बूढानीलण्ठ १० का अध्यक्ष जगत निरौला लगायतको उपस्थिति रहेको थियो ।

नव गठित खोटाङ बूढानीलकण्ठ सम्पर्क मञ्चको कार्यसमितिः
अध्यक्ष– हेम कुमार राई
उपाध्यक्ष– प्रकाश कटुवाल
सचिव– दिपा गुरुङ
सह–सचिव– निरकाजी राई
कोषाध्यक्ष– प्रतिमा विष्ट पौडेल
सदस्य– गंगा पोखरेल
सदस्य– चर्चित राई
सदस्य– गीता रिजाल
सदस्य– गीता गौतम (रोजु)

थप तस्विरः

तस्विरः रोभिन भट्टराई/KTMKHABAR


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा