गोरखाको धार्चे गाउँपालिकाले भेडा/भेडी गोठालालाई रेडियो उपहार दिएको छ।
छ महिना लेक र छ महिना वेशी बस्ने तथा गोठ सार्दै भेडा/भेडी चराउँदै आएका गोठालालाई सूचना प्रवाह गर्न रेडियो वितरण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरूङले बताए।
उनकाअनुसार अहिलेसम्म २० जनालाई रेडियो वितरण गरिसकिएको छ।
गाउँपालिकाका भित्रका स्थानीय खबर तथा देश र विदेशका खबरबाट सु-सूचित गर्नका लागि रेडियो वितरण गरेको उनले बताएका छन्।
‘कतिपय ठाउँमा मोबाइलको टावर टिप्दैन। रेडियो सुनेर भए पनि उहाँहरूले अब गाउँ र देश तथा विदेशमा के भइरहेको छ थाहा पाउन सक्नुहुन्छ,’ उनले भने।
रेडियो वितरणका लागि गाउँपालिकाले २ लाख रूपैयाँ बजेट बिनियोजन गरेको थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।