शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

बाढी पीडितका लागि उद्धार शान्ति केन्द्र नेपालले गर्यो १२ लाख सहयोग


  • बिहिबार, भाद्र १८ २०८३
513
SHARES

काठमाडौँ । रसुवाबाट आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि धुम्बाराहीमा रहेको उद्धार शान्ति केन्द्र नेपालले नेपाल सरकारलाई १२ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ। केन्द्रका प्रतिनिधिहरूले अर्थ मन्त्रालय पुगेरै उक्त रकमको चेक हस्तान्तरण गरेका हुन ।

सहयोग हस्तान्तरणपछि केन्द्रकी प्रतिनिधि सन्तोषी भट्टराईले विपद्का कारण देश नै पीडामा रहेका बेला आफूहरू पनि सहयोगका लागि अघि बढेको बताइन्। बाढी पहिरोका कारण नागरिकको अवस्था दयनीय बनेको र देश विदेशबाट सहयोग जुटिरहेको अवस्थामा केन्द्रमा आबद्ध अगुवा तथा सदस्यहरूले पनि आफ्नो तर्फबाट केही गर्नुपर्छ भन्ने भावनासहित रकम संकलन गरिएको उनको भनाइ छ।

त्यस्तै अर्का प्रतिनिधि रविन्द्र भट्टराईका अनुसार केन्द्रका विभिन्न शाखामा आबद्ध अगुवा तथा सदस्यहरूले आफ्नो क्षमताअनुसार रकम जुटाएका हुन्। थोरै–थोरै सहयोग संकलन गरेर १२ लाख रुपैयाँभन्दा बढी रकम जुटाउन सफल भएको भन्दै उनले विपद्को समयमा सबैले सकेको सहयोग गर्नुपर्ने बताइन्।

उद्धार शान्ति केन्द्र नेपालले यसअघि बेथान चोकमा बाढीपीडितका लागि सहयोग गर्नुका साथै वृद्धाश्रम, बालश्रम लगायत विभिन्न क्षेत्रमा सेवा तथा सहयोग गर्दै आएको जनाएको छ। समस्यामा परेका नागरिक, वृद्ध वृद्धा तथा बालबालिकालाई सहयोग गर्ने कार्यलाई संस्थाले निरन्तरता दिँदै आएको भट्टराईको भनाइ छ।

राहत तथा उद्धारका लागि टोली परिचालनसँगै केन्द्रले आगामी दिनमा पनि प्रभावित नागरिकको आवश्यकताअनुसार सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला सहयोग गर्ने सबै व्यक्ति तथा संस्थाप्रति भट्टराईले धन्यवाद व्यक्त गर्दै विपद्को समयमा मानवीय भावनाका साथ एकजुट हुन आग्रह गरेकी छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा