नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) ले माघ २२ गते आयोजना गरेको आम हड्तालको प्रचारका लागि बूढानीलकण्ठ नगरपालिकामा नगर मसाल जुलुस गरिएको छ।
संसद विघटन गर्ने काम असंबैधानिक रहेको भन्दै चरणवद्ध आन्दोलन गर्दै आएको प्रचण्ड-नेपाल पक्षले संबैधानिक आयोगमा भएको नियुक्तिको विरोधमा बुधबार आकस्मिक पत्रकार सम्मेलन गर्दै बिहिबार आम हड्ताल घोषणा गरेको हो।
बागमती प्रदेस सभा सदस्य कुसुम कुमार कार्की ,नेकपा जिल्ला कमिटी सदस्यहरु उद्दव चौलागाई ,डम्बर अधिकारी , नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारी लगायतको उपस्थितिमा भएको उक्त जुलुस विभिन्न स्थानको परिकर्मा गरेर वडा नं १० को कार्यालय आकाशेधारामा पुगेर समापन गरिएको थियो। उक्त जुलुसको समापनमा सम्बोधन गदै नेकपा जिल्ला कमिटी सदस्य डम्बर अधिकारीले सरकारको असंबैधानिक कदमको विरुद्धमा एकजुट हुन् आग्रह गर्दै माघ २२ गते आयोजना गरिएको आम हड्ताल सफल पार्नका लागि सबैले आफ्नो आर्क र क्षेत्रमा सक्रियता पुर्वक खट्नुपर्ने धारणा राखेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।