बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

उपचारत कान्छा श्रेष्ठलाई लायन्स क्लब अफ काठमाडौँ बूढानीलकण्ठ नेवा पुचः द्धारा आर्थिक सहयोग


  • आइतबार, असार २१ २०७७
25K
SHARES

२१ असार, काठमाडौँ ।

बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १३, चुनिखेल स्थित करुणा अस्पतालमा उपचारत कान्छा श्रेष्ठलाई लायन्स क्लब अफ काठमाडौँ बूढानीलकण्ठ नेवा पुचः ले आर्थिक सहयोग गरेको छ ।


लायन्स क्लब इन्टरनेशनल ३२५ ए वान अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौँ बूढानीलकण्ठ नेवा पूचः ले शनिबार अस्पताल परिसरमा सहयोग रकम एक लाख १८ हजार हस्तान्तरण गरेको हो ।


बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १३ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठ, समाजसेवी ध्रुव श्रेष्ठ, राजनीतिकर्मी भाइनारायण श्रेष्ठ, राजनीतिकर्मी टिकेश श्रेष्ठ, ज्योती श्रेष्ठ, डा. राम कुमार श्रेष्ठ, लायन्स क्लब इन्टर नेशनल ३२५ ए वानका जोड चेअरमेन रमेश श्रेष्ठ, एडिस्नल क्याबिनेट ट्रेजरी राजन श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौँ लिडरसिप फर चेन्जका प्रेसिडेन्ट गेन्द्र लामा, लायन्स क्लब अफ काठमाडौँ लिडरसिप फर चेन्जका चार्टर भाईस–प्रेसिडेन्ट राज कुमार लामिछाने, वडा सदस्य श्याम श्रेष्ठ लगायतको उपस्थितीमा कान्छा श्रेष्ठको श्रीमतीलाई सहयोग रकम हस्तान्तरण गरिएको लायन्स क्लब अफ काठमाडौँ बूढानीलकण्ठ नेवा पुचः का प्रेसिडेन्ट श्रीकृष्ण श्रेष्ठ(आयन) ले बताए ।
देश तथा विदेशमा रहेका सहयोगी मनहरुको सहयोगबाट उक्त रकम संकलन गरि सहयोग गरिएको श्रेष्ठ भन्छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा