आइतबार, कार्तिक २३ २०८३
ताजा अपडेट

लायन्स क्लब अफ काठमाडौँ बूढानीलकण्ठ नेवा पुचः ले पायो लायन्समा औपचारिकता, पहिलो दिनमै ३ सामाजिक कार्य


  • शुक्रबार, असार १९ २०७७
19.1K
SHARES

१९ असार, काठमाडौँ ।
लायन्स क्लब इन्टरनेशनल ३२५ ए वानमा लायन्स क्लब अफ काठमाडौँ बूढानीलकण्ठ नेवा पुचः औपचारिक रुपमा दर्ता भएको छ ।


जुलाई १ मा लायन्स क्लब इन्टरनेशनल ३२५ ए वान अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौँ लिडरसिप फर चेन्जको स्पोन्सरमा लायन्स क्लब अफ काठमाडौँ बूढानीलकण्ठ नेवा पुचः दर्ता भएको हो ।


औपचारिकता पाएसंगै बूढानीलकण्ठ नेवा पुचः ले बुधबार मात्र नै ३ वटा सामाजिक कार्य गरेको छ । बिहानी सत्र अन्तर्गत जगडोल स्थित जंगलमा बृक्षारोपन गरेको थियो । यस्तै सो पश्चात कपनमा रहेको बाल अपांग टेवा संस्थामा हंगर टु फिडिङ सेवा अन्तर्गत खाद्यान्न सहयोग गरिएको थियो भने चुच्चेपाटीमा रहेका प्राक्सिस इन्टरनेशनल एकेडेमीमा बृहत रक्तदान कार्यक्रम तथा क्लबको घोषणा कार्यक्रम गरिएको बूढानीलकण्ठ नेवा पुचः का चार्टर प्रेसिडेन्ट श्रीकृष्ण श्रेष्ठ (आयन) ले बताए ।


चार्टर प्रेसिडेन्ट श्रीकृष्ण श्रेष्ठ (आयन) को नेतृत्वमा बनेको उक्त क्लबमा उप-प्रमुखमा विकास श्रेष्ठ, सचिवमा सविन श्रेष्ठ, कोषाध्यक्षमा अमित श्रेष्ठ लगायत २१ सदस्य टिम रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा