काठमाडौँ ।
लायन्स क्लब इन्टरनेशनल ३२५ ए १ अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौँ युथ फर डेभलपमेन्टको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

पुस ११ गते शनिबार बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ७ भेटघाट चोक स्थित फ्रेण्डसिप क्याफे एण्ड पार्टी प्यालेसमा उक्त रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।

बिहान १० बजेदेखि बेलुका ३ बजेसम्म गरिएको रक्तदान कार्यक्रममा ३८ जना दाताहरुले रक्तदान गरेको युथ फर डेभलपमेन्टका प्रेसिडेन्ट श्रृजन सापकोटाले बताए ।
लायन क्लब युथ फर डेभलपमेन्टले समाजसंग जोडिएर विभिन्न कार्य गर्दै आएको छ । जस अनुरुप रगत जस्तो संवेदनशिल कुराको अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था लायन्स क्लब अफ काठमाडौँ युथ फर डेभलपमेन्टका चार्टर प्रेसिडेन्ट, जोन चेयरपर्सन एवं एमजेएफ रमेश श्रेष्ठले बताए ।

रक्तदान कार्यक्रममा डिष्ट्रिक गभर्नर टंक श्रेष्ठ, पूर्व डिष्ट्रिक गभर्नर अनन्तराम भेटवाल लगायत अन्य लायन लिडरहरुको समेत उपस्थित रहेको थियो ।

यस्तै रक्तदात गर्ने व्यक्तिहरुलाई आयोजक संस्थाको तर्फबाट प्रमाण–पत्र उपलब्ध गराइएको जनाइएको छ ।



खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।