काठमाडौँ ।
लायन्स क्लब इन्टरनेशनल ३२५ ए १ अन्तर्गत रहेको लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा पुःचद्धारा एकै दिन तिन वटा सामाजिक कार्य गर्दै लायन्स क्लब इन्टरनेशनलको १४२औँ मेल्भिन जोन्स दिवस उत्सव मनाएको छ ।
बुधबार विभिन्न तिन स्थानमा निःशुल्क स्वास्थ्य सामाग्री, खाद्य सामाग्री तथा न्यानो कपडा वितरण गरिएको थियो ।

चुनिखेलमा रहेको नौलिन माध्यमिक विद्यालयमा स्वास्थ्य सामाग्री अन्तर्गत निःशुल्क मास्क, सेनिटाइजर वितरण गरिएको थियो । यस्तै गोल्फुटारमा रहेको रिमा सेवा घरका बालबालिका एवं बृद्ध व्यक्तिहरुलाई खाद्य सामाग्री वितरण गरिएको र गोंगबुमा रहेको हिमालय वल्ड एज होमका बृद्ध व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको बूढानीलकण्ठ नेवा पुःचका प्रमुख श्रीकृष्ण श्रेष्ठ (आयन) ले बताए ।

लायन्स क्लब अफ काठमाडौँ क्रियटिभ युथ र लायन्स क्लब अफ काठमाडौँ नोभेलासंगको सहकार्यमा उक्त कार्यक्रम गरिएको श्रेष्ठ भन्छन् ।
कार्यक्रममा डिष्ट्रिक गभर्नर टंक श्रेष्ठ लगायत विभिन्न लायन लिडरहरुको उपस्थिति रहेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।