शनिबार, साउन ३० २०८३
ताजा अपडेट

भदौ ३ गते शुक्रवार (अगस्ट १९ तारिख) को राशिफल हेर्नुहोस्, कालिञ्चोक माताले सबैको रक्षा गरुन्


  • बिहिबार, भाद्र २ २०७९
15.7K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४३ बि.स.२०७९ साल भदाै ३ गते शुक्रवार (इश्वी सन २०२२ अगस्ट १९ तारिख) ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक रुपमा मनमुटाब हुन सक्नेछ । मनमा चञ्चलताले आउनेछ । गरिरहेको कार्यमा ढिलाई हुनेछ । जीवनसाथीसंगको सम्बन्धमा केही समस्या आउन सक्नेछ । ब्यापार ब्याबसायको क्षेत्रमा आम्दानी बढ्ने योग रहेको छ । नयाँ काममा लगानी गर्दा सजग रहनुहोला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
निर्णय लिने क्षमतामा कमी आउनेछ । नयाँ कार्यमा लगानी गर्न खासै राम्रो छैन । शारिरिक आलस्यपनले सताउनेछ । काममा ढिलाई हुने योग रहेको छ । अरुलाई विश्वास गर्नाले गरिएको कार्यमा झण्झट आउनेछ । यात्रा गर्ने अवसर आउनेछ । मान्यजनबाट गरेको कार्यमा सफलता पाउनु हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । पारीवारिक झोर झमेलाले सताउन सक्छ ।अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । नयाँ कार्यको थालनिले आम्दानि सबल तुल्याउनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक साथ सहयोगबाट काममा सफलता हात पर्नेछ । अधिक मेहनतबाट मात्र काम बन्नेछ । मनमा खिन्नता आउनेछ । मान्यजनबाट सहयोग पाउनु हुनेछ । काम गर्दा अपजस आउन सक्दछ विशेष ध्यान दिएर काम गर्नुहोला । बोलीको प्रभाव बढ्नेछ । नयाँ साथीहरु बनाउने योग रहेको छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अकस्मात यात्रा गर्नु पर्ने हुन सक्दछ । मित्रजनहरुबाट सहयोग मिल्नेछ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ । खानपानमा ख्याल नगर्दा सामान्य स्वास्थ्य समस्या आउन सक्नेछ । मनमा चञ्चपन आउनेछ । ब्यापारमा राम्रो रहेको छ । सामाजिक कार्य गर्न मन जानेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । बोलीका कारण आफन्तहरु रुष्ट हुने छन् सजग भएर बोल्नु होला । आज गरिएको कार्यबाट दिर्घकालीन फाइदा मिल्नेछ । सामान्य आर्थिक अभावलाई झेल्नु पर्नेहुन सक्नेछ । बौद्धिक व्यक्तिहरुसंगको भेटघाटमा बढि समय व्यतित हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साजेदारी काममा हात नहाले कै बेस रहने छ । साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । प्रेमी प्रेमीका बिच खट्पट रहन सक्छ । कार्य सम्पादनमा आटँको कमि रहला । ब्यापार ब्यवसायका माध्यम बाट आम्दानीका श्रोत सुदृण बन्नेछ । सभा सम्मेलन जन्य कार्य सहभागीता मिल्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मित्रजनहरुको लागी साधारण खर्चहुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला । ब्यापार ब्यवसायमा सामान्यतय हानि रहन सक्ने छ । कला कौशलको प्रयोगलमा समय ब्यतित रहने योग रहनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हरकोहिको पुर्ण बिश्वास नर्गनु होला धोका हुन सक्छ । नयाँ कामको क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । मित्रजन को साथ सहयोय प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । यात्रामा साबधानि अपनाउनु होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ । सभा समेलनमा सरीक हुने योग रहेको छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झण्झड सहनु पर्ला । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कुरा काट्ने ब्यक्तिको कमि नरहला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शारीरिक अस्वस्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । माल सामान को क्षति ब्यहोर्नू पर्ला सजग रहनु होला ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा