काठमाडौँ ।
चाबहिलमा रहेको लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्थाले ६४औं राष्ट्रिय सहकारी दिवसको अवसरमा गोंगबुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सहकारीसँगै किवानिज क्लब अफ काठमाडौं भ्याली र लायन्स क्लब अफ काठमाडौं मनास्लुको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा १३७ जनाले रक्तदान गरे ।
किवानिज इन्टरनेसनलका नेपाल डिस्ट्रिक्ट गभर्नर मोहन लम्साल लगायत डिस्ट्रिक्ट पदाधिकारीहरूको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको सहकारीका अध्यक्ष सहदेव तिमल्सिनाले बताए ।

आयोजकहरूको समूहले तीन तीन महिनामा रक्तदान कार्यक्रम गर्दै आएको छ । तीन महिनाअघि चावहिल गणेशस्थानमा रक्तदान गरिएको थियो । तिमल्सिनाका अनुसार, तीन महिनापछिको रक्तदान कलंकीमा गर्ने तय भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।