आइतबार, कार्तिक २३ २०८३
ताजा अपडेट

बैतडीको सिगास गाउँपालिकाको बजेट सडक र विद्युतमा मात्र


  • सोमबार, असार १५ २०७७
26.6K
SHARES

बैतडी ।
बैतडी जिल्लाकै दुर्गम गाउँपालिका सिगास गाउपालिकामा विद्युत र सडकको लागि मात्र बजेट विनियोजित भएको छ।
पुँजीगत र चालु गरी जम्मा ३९ कारोड बराबरीको बजेट विनियोजन गरिएको हो। पुँजीगत बजेट ९ करोड र १ करोड संञ्चित कोष तथा आम्दानी गरी जम्मा १० करोड पुँजीगत बजेट सडक र विद्युतमा मात्र विनियोजन गरिएको छ ।


गत बर्षको ५० लाखले गाउँपालिकाको भवन निर्माण सम्पन्न नभए पछि उक्त भवन निर्माणको लागी ७५लाख बजेट छुट्याइएको छ । फेनेडाले संन्चालन गरेका कार्यक्रमको लागि मेचिङ फन्ट ७५ लाख बजेट छुट्याइएको छ । गाउँपालिकाको वडा नन्वर १ मा विद्युतको लागी ३० लाख र सडक ५० लाख छुट्याइएको छ । वडा नम्वर २ मा विद्युतको लागी ५० लाख, वडा नम्वर ३ मा सडकको लागी ५० लाख, वडा नम्वर ३ मा लगन ढुम सडकको लागी १० लाख र विद्युतको लागी ३० लाख, वडा नम्वर ४ मा कान्धार देउलेक सडकको लागि ५० लाख, वडा नम्वर ५ को सडकको इस्तर उन्नती र निर्माणको लागि ५० लाख र विद्युतको लागी ५० लाख, वडा नम्वर ६ को विद्युतमा ५० लाख र धौलेकिथ्थे बागले खाएबाट वडा नम्वर ६ सदरमुकाम जोड्ने सडकको लागि ५० लाख, वडा नम्वर ७ को ओखलसैनी ठाटी सडकको लागी ५० लाख, देउलेक लेक वडा नम्वर ८ को सदरमुकाम जोड्ने सडकको लागि ८० लाख, वडा नम्वर ९को श्रीभावर सडकको लागि ५० लाख र विद्युतको लागि ६० लाख बजेट विनियोजन गरिएको जानकारी गाँउ पालिकाका प्रवक्ता श्रीराम सिंह धामीले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष हरि सिह धामीले गाउँ–गाउँमा सडक र बत्ती पुगे पछी शिक्षा, स्वास्थ्य, सञ्चार, उद्योगधन्दा कल कारखाना खोल्न सकिने र विकासले गती लिने र गाउँमै रोजगारी श्रृजना हुने कुरामा आफु ढुक्क रहेको कुरा बताउनु भयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा