१५ असार, काठमाडौँ ।
लायन्स क्लब इन्टरनेशनल ३२५ ए वान अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौँ लिडरसिप फर चेन्जको अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

असार १४ गते भेटघाट चोकमा रहेको फ्रेण्डसिप क्याफे एण्ड पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गर्दै अभिमुखीकरण तालिम सम्पन्न गरिएको हो ।

लायन्स क्लब अफ काठमाडौँ लिडरसिप फर चेन्जकोे स्पोन्सरमा खोलिएको नयाँ क्लब लायन्स क्लब अफ काठमाडौँ बूढानीलण्ठ नेवा पुचः मा आवद्ध नयाँ सदस्यहरुलाई केन्द्रित गर्दै अभिमुखीकरण तालिम सञ्चालन गरिएको लिडरसिप फर चेन्जका प्रमुख गेन्द्र लामाले बताए ।

लिडरसिप फर चेन्जका चार्टर प्रेसिडेन्ट राजन श्रेष्ठको सभापतित्वमा गरिएको उक्त तालिममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल ३२५ ए वानका आईपिडिजी (सेकेण्ड सेञ्चुरी एम्बेसेडर) अनन्त प्रसाद भेटवाल रहेका थिए । यस्तै उक्त कार्यक्रममा लायनिष्टिक वर्ष २०२०–२१ का डिष्ट्रिक गर्भनर इलेक्ट टंक बहादुर श्रेष्ठ, क्याबिनेट सेक्रेटरी इलेक्ट विमल कुमार श्रेष्ठ, एमजेएफ चिफ लक्ष्मिराज अधिकारी, ब्लड सर्भिस चिफ विनोद कुमार श्रेष्ठ, जोन चेयरपर्सन रमेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

उक्त तालिममा प्रमुख अतिथि एवं विशेष अतिथिले बूढानीलकण्ठ नेवा पुचः का नयाँ सदस्यहरुलाई लायन्सको बारेमा जानकारी प्रदान गरेका थिए ।

बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म भएको उक्त कार्यक्रमलाई लिडरसिप फर चेन्जका प्रमुख गेन्द्र लामाले सञ्चालन गरेका थिए ।





















