आइतबार, कार्तिक २३ २०८३
ताजा अपडेट

गोकर्णेश्वर नगरपालिकाले गर्यो यातायात मजदुरहरुलाई राहत वितरण


  • शुक्रबार, असार ५ २०७७
13.3K
SHARES

काठमाडौँ ।
गोकर्णेश्वर नगरपालिका वडा नम्वर ८ ले यातायात मजदुरहरुलाई राहत प्रदान गरेको छ। लकडाउनका समय सरकारले दैनिक ज्यालादारी मजदुर, विपन्न र गरिवका लागि राहत वितरण गर्ने निर्णय गरेको भए पनि राहतका लागि तयार गरिएका अव्यवहारिक मापदण्ड र कतिपय स्थानिय जनप्रतिनिधिहरुको असहयोगका कारण अधिकांश यातायात श्रमिकहरुले सरकारको सहयोग प्राप्त गर्न नसकेको गुनासो आइरहेको बेलामा गोकर्णेश्वर नगरपालिका वडा नम्वर ८ ले यातायात मजदुरहरुलाई पनि राहत प्रदान गरेको हो ।

वडाले बिहिबार नेपालय इंगलिस पब्लिक स्कुलको परिसर बाट करिब ७८ जना यातायात मजदुरहरुलाई राहत वितरण गरेको हो ।उक्त कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका प्रवक्ता एबम वडा नं ८का वडा अध्यक्ष मनोजकुमार ढुंगाना, वडा सदस्य नन्दलाल श्रेष्ठ , नेपालय इंगलिस पब्लिक स्कुलका म्यानेजिंग डायरेक्टर बुद्द श्रेष्ठ, समाजसेवी दिपेन्द्र सेन्चुरी लगायतको उपस्थिति रहेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा