आइतबार, कार्तिक २३ २०८३
ताजा अपडेट

लायन्स क्लब अफ काठमाडौँ लिडरसिप फर चेन्जले रक्तदान कार्यक्रम गर्ने


  • शनिबार, असार ६ २०७७
25.1K
SHARES

काठमाडौँ – सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनल ३२५ ए वान अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौँ लिडरसिप फर चेन्जले बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।
काठमाडौँ महानगरपालिका वडा नम्वर ७ संगको सहकार्यमा असार १७ गते रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो ।
चुच्चेपाटीमा रहेको प्राक्सिस इन्टरनेशनल एकेडेमीमा गरिने उक्त रक्तदान कार्यक्रम बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म हुने आयोजकले जनाएको छ ।
रगतको अभावबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको लिडरसिप फर चेन्जका प्रमुख गेन्द्र लामाले बताए । रक्तदान गरि मानवीय सेवामा सरिक भई पुन्य कमाउनका निम्ति उपस्थित हुनका लागि लामाले अनुरोध गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा