रामेछाप ।
कोरोना संक्रमितको परिवारका १५ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
पहिलो पटक गत मंगलबार कोरोना संक्रमित पुष्टि भएका खाँडादेवी १ राकाथुमका संक्रमितको परिवारका १५ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
उनीहरु सबैको स्वाब परीक्षणका लागि टेकु पठाइएको थियो । स्वाबको रिपोर्ट नेगेटिभ देखिएपनि उनीहरु सबैलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए ।
हाल टेकु अस्पतालमा उपचार गराइरहेका संक्रमितलाई कहिले र कहाँबाट संक्रमण भयो भन्ने कुरा अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।