३ बैशाख, काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ९ को कोरोना प्रभावित राहत वितरणमा अनियमितता भएको भन्दै नेपाली काँग्रेस क्षेत्र नम्वर ४ प्रदेश (ख) ले चासो व्यक्त गरेको छ ।
बिहिबार नेपाली काँगेस क्षेत्र नम्वर ४ (ख) का सभापती विनोद चालिसेले प्रेस विज्ञप्ती जारी गर्दै अनियमितताको ध्यानाकर्षण गरेका हुन् ।
प्रेस विज्ञप्तीमा भनिएको छ, बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ९ मा चैत्र २७ गते वितरण गरिएको कोरोना प्रभावित राहत सामाग्रीमा उक्त वडाका सदस्य पर्शुराम कार्कीको संलग्नतामा अनियनितता भएको समाचार विभिन्न सामाजिक सञ्जाल लगायत सञ्चार माध्यममा आएको घटनाले हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । लकडाउनको कारणले एक ढंगले बन्द समाजको स्थिती रहेको बेला भ्रष्टाचारका प्रकरणले सहजता पाउन सक्ने वातावरणलाई दृष्टिगत गरि सम्बन्धित पक्षले विशेष चनाखो भई कार्य गर्न आवश्यक छ ।
नेपली काँग्रेस सबै खाले अनियमितता र बेतिथिको विरुद्धमा निरन्तर उभिनेछ तर आजको संकटसंग जुध्न निरन्तर बूढानीलकण्ठ नगरपालिका (स्थानिय सरकार) को साथमा रहने जनाइएको छ ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।