काठमाडौँ ।
युवा समाजसेवी आयन (श्रीकृष्ण) श्रेष्ठले मजदुरी गर्ने परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।
चैत्र २० गते बूढानीलकण्ठ क्षेत्रमा मजदुरी गर्ने १० परिवारलाई बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ७ मार्फत खाद्यान्न सहयोग गरेका हुन् ।
लकडाउन समयमा मजदुरी गर्न नपाएको र सामान्य खान, बस्नका लागि समस्या परेका मजदुरहरुलाई केही राहत मिलोस् भन्नका लागि वडामार्फत सहयोग गरेको श्रेष्ठ भन्छन् ।
नुवाकोट, घादिङ्ग, धनकुटा, ओखलढुंगा र सिन्धुपाल्चोक आदि स्थानबाट बुढानिलकण्ठको विभिन्न स्थानमा काम गर्दै आएका मजदुर लकडाउनको कारण दैनिक मजदुरी गर्न नपाएपछी खाद्यान्न खरीद गर्न नसक्ने अवस्थामा पुगेका थिए ।
समाजसेवी आयन (श्रीकृष्ण) श्रेष्ठ प्रस्तावित बूढानीलकण्ठ नेवा पुःचका अध्यक्ष एवं शिक्षा उद्यमी पनि हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।