‘उठौँ संसद विघटनको असंबैधानिक कदमका बिरूद्धमा, उठौँ लोकतान्त्रिक संबिधान रक्षाको पक्षमा’ भन्ने नारासहित नेपाली काँग्रेस (नेका) ले पुष २५ गते शनिबार देशभरका ३३० प्रदेशसभा क्षेत्रमा गर्ने विरोध सभा कार्यक्रम गर्ने भएको छ । प्रधानमन्त्री केपि शर्मा ओलीले असंबैधानिकरूपमा संसद विघटन गरेको भन्दै नेपाली काँग्रेसले तत्कालका लागि ३ चरणको बिरोध कार्यक्रम तय गरेकोमा शनिवारका लागि प्रदेशसभा स्तरमा बिरोध कार्यक्रम गर्न लागेका हो ।
यस्तै काठमाडौँ क्षेत्र नं ४ मा दुई प्रदेशसभा क्षेत्रमा हुने कार्यक्रमक लागि व्यापक तयारी भएको छ । आफ्नो प्रदेशसभा क्षेत्रमा विरोध प्रर्दशनका लागि सबै तयारी पूरा भएको क्षेत्र नं ४ प्रदेशसभा क्षेत्र (ख) का सभापती एवं क्षेत्रीय सचिव विनोद चालिसेले बताएका छन् ।
शनिबार बिहान ११ बजेदेखि बालुवाखानीदेखि र्याली सुरु गरिने र मध्यान्ह १२ बजे ह्याण्डबल मैदानमा आएर विरोध सभा हुनेछ ।
विरोध सभा कार्यक्रमलाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, गगन थापा, न्हुच्छेनारायण श्रेष्ठ तथा क्षेत्रीय सभापतिले राजु श्रेष्ठले सम्वोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।