आइतबार, कार्तिक २३ २०८३
ताजा अपडेट

करुणा हस्पिटलका कर्मचारीलाई दिइयो ‘फायर फाइटिंग ट्रेनिङ्ग’ (फोटोफिचर)


  • आइतबार, पुष १९ २०७७
18.4K
SHARES

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १३ स्थित चुनिखेलमा रहेको करुणा हस्पिटलले कर्मचारीलाई आधारभुत फायर फाइटिंग प्रशिक्षण गराएको छ ।


पुस १९ गते हस्पिटलको परिसरमा एक कार्यक्रमको आयोजना गर्दै सैद्धान्तिक तथा व्यबहारिक रुपमा आधारभुत फायर फाइटिंग प्रशिक्षण गराइएको हो ।


अस्पतालले निर्माण गरेका हेलीप्याडमा हेलिकप्टर ल्याण्ड हुने क्रममा आगलागि हुँदा अर्थात अस्पताल परिसरमा हुन सक्ने आगलागिलाई रोक्न के कस्ता समाधानका उपाय अपनाउने भन्ने विषयको जानकारी दिन अस्पतालका कर्मचारी, स्थानिय जनप्रतिनिधि एवं सुरक्षाकर्मीलार्य समेत उक्त प्रशिक्षण गराइएको अस्पतालका सिईओ डा. राम कुमार श्रेष्ठले बताए ।

नेपाल रेस्क्यु एण्ड फायर फाइटिंग एसोसिएसन (एन.आर.एफ.एफ.ए.) संगको सहकार्यमा गरिएको उक्त प्रशिक्षणमा एन.आर.एफ.एफ.ए. का प्रमुख प्रशिक्षक चिरञ्जिवि भण्डारी तथा टिमले करिव ३ घण्टा प्रशिक्षण दिएको थिए ।

तस्विरः सरोज श्रेष्ठ


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा