शनिबार, साउन ३० २०८३
ताजा अपडेट

लायन क्लब यूथ फर डेभलपमेन्टको ‘रक्तदान कार्यक्रम’ शनिबार हुँदै


  • शुक्रबार, पुष १० २०७७
22K
SHARES

काठमाडौँ ।
लायन्स क्लब इन्टरनेशनल ३२५ ए १ अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौँ युथ फर डेभलपमेन्टको आयोजनामा रक्तदान कार्यक्रम हुने भएको छ ।
पुस ११ गते शनिबार इच्छुक दाताहरुलाई रक्तदानका लागि आह्वान गर्दै बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ७ स्थित भेटघाट चोकमा उक्त रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको हो ।


लायन क्लब युथ फर डेभलपमेन्टले समाजसंग जोडिएर विभिन्न कार्य गर्दै आएको छ । जस अनुरुप कोरोनाको कहरमा पनि रगत जस्तो संवेदनशिल कुराको अभाव नहोस् भन्ने उद्देश्य अनुरुप इच्छुक सम्पुर्णलाई आह्वान गर्दै रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्था लायन्स क्लब अफ काठमाडौँ युथ फर डेभलपमेन्टका चार्टर प्रेसिडेन्ट, जोन चेयरपर्सन एवं एमजेएफ रमेश श्रेष्ठले बताए ।
रक्तदान कार्यक्रम भेटघाट चोक स्थित फ्रेण्डसिप क्याफेको प्रांगणमा बिहान १० बजेदेखि सुरु गरिने जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा