काठमाडौँको कपन, भृकुटी चोकमा रहेको आँचल साडी सोरुमले आफ्नो औपचारिक सेवा सुरु गरेको छ ।
मंसिर १९ गते शुक्रबार नायिका केकी अधिकारीको हातबाट उद्घाटन गर्दै आँचल साडी सोरुले आफ्नो औपचारिक सेवा सुरु गरेको हो ।

महिलाहरुलाई आवश्यक साडी, कुर्ता, सुरुवाल, लेहेंगा लगायत सेवा प्रदान उद्देश्यले आँचल साडी सोरुम सञ्चालनमा ल्याइएको सञ्चालक धिरेन्द्र कुशवाहाले बताए ।
पर्फेक्ट फिट टे्रलर्स सञ्चालन गर्दै आएका कुुसुवाले काठमडौँको मुटु बागबजारमा टे्रलर्स सञ्चालन गरेका थिए । हाल कपनमा सारिएको र पर्फेक्ट फिट टे्रलर्समा सेवा लिन आउने ग्राहक, सुवेच्छुकको सल्लाह अनुसार नै आँचल साडी सोरुम सञ्चालन गरिएको सञ्चालक कुशवाहा बताउछन् । कपन तथा आसपासमा रहनु भएका महिला दिदिबहिनीहरुले शहर केन्द्रित किनमेलको झण्डलाई मुक्त भई सहज र सुलभ मुल्यका लागि आँचल साडी सोरुमलाई रोज्न सक्नुहुनेछ उनी भन्छन् ।

यस्तै उक्त साडी सोरुम उद्घाटन पश्चात सञ्चारकर्मीहरुसंग बोल्दै नायिका अधिकारीले आँचल साडी सोरुमको प्रगतीको कामना व्यक्त गरेकी थिइन् । आफ्नो घर नजिक रहेको कारण किनमेलका लागि आँचल साडी सोरुम आउने प्रतिवद्धता समेत व्यक्त गरेकी थिइन् ।
उद्घाटन कार्यक्रममा स्थानियबासी, सञ्चारकर्मी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।