शनिबार, साउन ३० २०८३
ताजा अपडेट

लिडरसिप फर चेन्जको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न


  • बुधबार, मंसिर १० २०७७
17.4K
SHARES

काठमाडौँ ।
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ‘३२५ ए १’ अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौं लिडरसिप फर चेन्जले मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


चाबहिलको गणेशस्थान तरकारी बजार क्षेत्रमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा ६२ जना रक्तदाताहरुले रगत दान गरेका छन् ।
कोरोना भाइरसका कारण अस्पतालहरुमा उपचारार्थ बिरामीहरुलाई रगत अभाबमा समस्या उत्पन्न नहोस भनेर रक्तदान कार्यक्रम गरिएको लिडरसिप फर चेन्जका प्रमुख गेन्द्र लामाले बताए ।


रक्तदान कार्यक्रम बिहान ९ बजेदेखि दिउसो २ बजे सम्म सम्पूर्ण स्वास्थ्य मापदण्ड पुरा गरि सुरक्षित तवरले सम्पन्न गरिएको जनाइएको छ ।
उक्त कार्यक्रमलाई लायन्स क्लब अफ नेवा पुचः, प्राक्सिस इन्टरनेसनल एकेडमी , मनास्लु वल्र्ड कलेज र लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्थाले व्यबस्थापन सहयोग गरेका थिए ।


यस्तै उक्त कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतका विभिन्न लायन लिडरहरुको पनि उपस्थिति रहेको थियो ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा