काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका (बूनपा) मा एक घर एक पिसिआर टेष्ट कार्यक्रम गर्न माग राख्दै बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेललाई काठमाडौँ क्षेत्र नम्वर ४ नेपाली कांग्रेस (नेका) ले माग पत्र पेश गरेको छ ।
कात्तिक २१ गते हात्तिगौडा स्थित मेयर कार्यालय पुगि क्षेत्रीय सभापती राजु श्रेष्ठको नेतृत्वमा उक्त माग पत्र पेश गरिएको हो ।
कोरोना भाइरसले बूनपाका जनप्रतिनिधिदेखि सर्वसाधरण गरि एक हजार भन्दा माथिको संख्यामा बूनपालाई आक्रान्त बनाएको स्थितिमा स्तरिय स्वास्थ्य उपचार सुविधा सर्वसाधरणको पहुँचभन्दा निकै पर रहेको हुनाले कठिन स्वास्थ्य परिस्थितिका संक्रमितका निम्ति नगरपालिकाले विशेष कोषको व्यबस्था गरि सर्वजनिक गरोस् । प्रभावकारी थप सचेतननाका कार्यक्रमहरु सहित मास्क, सेनिटाइजर, सावुन वितरण कार्य गर्दै १ घर १ पिसिआर टेष्ट कार्यक्रम तत्कालनै सुरु गरियोस् । सर्वसाधरणको दैनिकी दिनानुदिन कष्टकर बन्दै गएको छ परिस्थितिमा नगरपालिकाले रोजगार सहितका कार्यक्रमहरु घोषणा गरोस् भन्ने माग राख्दै माग पत्र पेश गरिएको छ ।
उक्त माग पत्र पेश कार्यक्रममा क्षेत्र नम्वर ४ नेपाली कांग्रेस (नेका) का सभापती राजु श्रेष्ठ, सचिव विनोद चालिसे, राजाराम बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।