शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

बूढानीलकण्ठ नेवा पुचः द्धारा पोखरा बृद्धाश्रममा खाद्यान्न सहयोग, देशभरि सेवाका गतिविधिलाई विस्तार गर्ने उद्घोष


  • बिहिबार, कार्तिक २७ २०७७
25.3K
SHARES

काठमाडौँ ।
लायन्स क्लब इन्टरनेशनल ‘३२५ ए वान’ अन्तर्गत रहेको लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा पुचः ले पोखरामा रहेको पोखरा बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।
कात्तिक २२ गते पोखरा बृद्धाश्रमका सञ्चालकलाई लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा पुचः का प्रमुख श्रीकृष्ण श्रेष्ठ (आयन) तथा टिमले उक्त खाद्य सामाग्री हस्तान्तरण गरेका थिए ।
पोखरा वृद्धाश्रमका जेष्ठ नागरिकहरुलाई चामल ,तेल ,दाल र नुन लगायतका खाद्यान्न सहयोग गरिएको भाईस–प्रेसिडेन्ट विकास श्रेष्ठले बताए । नेवा पुचःका प्रमुख आर्यन श्रेष्ठ, विकास श्रेष्ठ, सबिन श्रेष्ठ, सञ्जु भट्टराई र राजेन्द्र ढकाल लगायतको टोलीले आपसी रुपमा केही रकम संकलन गर्दै वृद्धाश्रमलाई ७५ केजी चामल, ५ लिटर तेल, ५ केजी नुन र ५ केजी दाल सहयोग गरेको हुन् ।
समाज र मानवीय सेवाका लागि विभिन्न गतिविधि गर्दै आईरहेको बूढानीलकण्ठ नेवा पुचः ले आफ्ना सामाजिक गतिविधिलाई मोफसलमा रहेका असाहय व्यक्तिहरुसम्म सहयोग गरौँ भन्ने भावले पोखरा वृद्धाश्रममा सहयोग गरिएको र आगामी दिनमा सेवाका गतिविधिहरुलाई देशभरि नै पुर्याइने नेवा पुचः का प्रमुख श्रीकृष्ण श्रेष्ठ (आयन) ले बताए ।

सहयोग गरिएको जानकारी दिदै लायन्स क्लव अफ काठमाडौं बुढानिलकण्ठ नेवा पुचका प्रेसिडेन्ट आर्यन श्रेष्ठले सो कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा