काठमाडौँ-बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १३, चुनिखेलमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ए वान अन्तर्गत रहेको लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा पुचः ले महिम नेवा क्लब र लायन्स क्लब अफ काठमाडौँ इन्द्रअन्नपुर्ण योगासंगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

शनिबार संविधान दिवसको अवसरमा उक्त कार्यक्रम गरिएको आयोजक संस्थाका प्रमुख श्रीकृष्ण श्रेष्ठ (आयन) ले बताए ।
बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गरिएको शिविरमा दन्त चेकजाच, सुगर, प्रेसर जाच लगायतको सेवा प्रदान गरिएको थियो । जसमा ७२ जनालाई निःशुल्क स्वास्थ्य जाच गरिएको थियो ।

उक्त दिन शिविरसंगै तिन वटा कार्यक्रम गरिएको थियो । जसमा बिहानी खण्डमा ७ बजेदेखि १० बजेसम्म सरसफाई कार्यक्रम गरिएको थियो । ११ बजेदेखि दिउसो ३ बजेसम्म चाबहिलमा रहेको ओम समाज डेन्टलसंगको सहकार्यमा स्वास्थ्य शिविर र बेलुका ६ बजेदेखि ८ बजेसम्म संविधान दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गरिएको श्रेष्ठ भन्छन् ।

लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा पुचः समाजसंग समर्पित बनेर विभिन्न सामाजिक कार्यलाई अगाडी बढाइरहेको छ । सो कुराको निरन्तरता स्वरुप शनिबार सरसफाई, स्वास्थ्य शिविर एवं संविधान दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा पुचः का उप-प्रमुख विकास श्रेष्ठले बताए ।







तस्विरः केटिएम खबर
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।