बुधबार, चैत्र १५ २०७९
ताजा अपडेट

मंंगलग्रहमा भूकम्पको झट्का


  • KTM Khabar
  • आइतबार, चैत्र २२ २०७७
24.5K
SHARES

फाईल तस्बिर

अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को इनसाइट ल्याण्डरले गत महिना मंगल ग्रहको सतहमा दुई ठूला भूकम्प रेकर्ड गरेको छ । मिशन कन्ट्रोलका अनुसार भूकम्पको तीब्रता ३.३ तथा ३.१ रेक्टर स्केल मापन गरिएको थियो । यो भूकम्प  मंगल ग्रहको  सर्बरस  फोस्सै (Cerberus Fossae)​ नामक क्षेत्रमा आएको थियो । यो त्यही स्थान हो जहाँ मिशनको प्रारम्भमा नै दुई ठूला भूकम्प महसुस गरिएको   थिए  ।

उक्त समयमा भूकम्पको तीब्रता ३.६ तथा ३.५ रेकर्ड गरिएको थियो । ल्याण्डर सन् २०१८ को नोभेम्बरमा मंगलको सतहमा ओर्लिए पछि हालसम्म पाँचसय भन्दा बढी भूकम्पको धक्का रेकर्ड गरेको छ ।

इनसाइट ल्याण्डरको काम मंगल ग्रहको सतह तथा गर्भमा आउने भूकम्पको बारेमा जानकारी दिनु हो । सतहमा उत्रिसकेपछि यसले मंग्रल ग्रहमा गएका भूकम्पको बारेमा जानकारी एकत्रित गरेर नासालाई पठाउने काम गरेको छ ।

नासाको जेट प्रोपल्सन ल्याबले भूकम्पको यस नया जानकारीबाट  मंगल ग्रहको सर्बरस  फोस्सै (Cerberus Fossae) क्षेत्र भूकम्पीय दृष्टिकोणले सक्रिय रहेको  जनाएको छ ।

हालसम्म ल्याबले रेकर्ड गरेको पाँचसय भन्दा बढी भूकम्पको धक्का स्पष्ट रेकर्ड भए पनि स्पष्ट सिग्नलका  कारण पनि यी चार भूकम्प जाँचका लागि उपयुक्त देखिएका  छन्  । मंगलसँग जोडिएको धेरैभन्दा धेरै जानकारीका लागि इनसाइट टीमले यी भूकम्पको अध्ययन गरिरहेको छ ।

नासाका अनुसार मंगल ग्रहमा पृथ्वीमा जस्तो टेक्टोनिक प्लेट हुँदैन तर मंगल ग्रह को यो ठाउँ   ज्वालामूखीले सक्रिय क्षेत्र हो जसका कारण यहाँको सतहमा कम्पन आउने गर्छन  । फ्रान्सको एक संस्था (de Physique du Globe de Paris)​ मा काम गर्ने ताइची क्वामपुरा जसले इनसाइटको सिस्मोमिटरका लागि मद्दत गरेका थिए, उनका  अनुसार यस मिशनले  मंगलमा आएका दुई​ भिन्न प्रकारको भूकम्पको जानकारी एकत्रित गरेको छ ।

ताइचीका अनुसार एउटा भूकम्प  चन्द्रमामा आउने जस्तो थियो भने अर्को पृथ्वीमा जस्तो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा