२७ चैत्र, काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १०, कपन रुद्रमति चोकमा रहेको खोटाङ जलेश्वरी बचत तथा ऋण सहकारी संस्थाले बूढानीलकण्ठ नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) विपद् व्यबस्थापन कोषमा ६० हजार १ सय ११ रुपैयाँ ११ पैसा सहयोग गरेको छ ।
आज नगरपालिकाको कार्यालय हात्तिगौडामा सहकारीका अध्यक्ष हेम कुमार राई र प्रवन्धक प्रकाश कटुवाले उपमेयर रमा देवी राईलाई सहयोग रकम हस्तान्तर गरेका हुन् ।
रकम हस्तानतरण गर्दै अध्यक्ष हेम कुमार राईले नगरपालिका भित्रको एउटा जिम्मेवार संस्था हुनुको नाताले सामाजिक उत्तरदायित्व वहन गर्दै दुःखमा सम्पूर्ण नगरवासीहरुको साथमा सधैँ रहेको सन्देश दिनका लागि पनि सहयोग गरेको बताए । यस विपद् घडिमा नगर भित्र रहेको अन्य संस्थाहरुले पनि नगरपालिकाले स्थापना गरेको विपद् व्यबस्थापन कोषमा सहयोग गरि नगरपालिकाले प्रदान गर्ने राहतलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको राई बताउछन् ।
यस्तै आफ्ना सदस्यहरुमा कुनै समस्या आए पहिचान गरि आवश्यक राहत दिने प्रबन्धक प्रकाश कटुवालले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।