बुधबार, चैत्र १५ २०७९
ताजा अपडेट

नेपाली काँग्रेस प्रदेस (ख) ले बुझायो मेयर खरेललाई ध्यानाकर्षण पत्र


  • KTM Khabar
  • मंगलबार, चैत्र २५ २०७६
46.3K
SHARES

२५ चैत्र, काठमाडौँ ।
नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्वर ४ प्रदेश (ख) कमिटीले कोराना भाइरसको संक्रमण रोकथामलाई थप प्रभावकारी बनाउन बूढानीलकण्ठ नगरपालिकाका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।


सभापती विनोद चालिसेको नेतृत्वको टिमले बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेललाई आज ध्यानाकर्षण पत्र बुझाएको हो ।


विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अभियानमा बूढानीलकण्ठ नगरपालिकाले हालसम्म गरेको प्रगति र कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्दै पछिल्ला कदमहरु व्यवस्थित र प्रभावकारी बनाउन मेयर खरेललाई ध्यानाकर्षण पत्र बुझाइएको सभापती चालिसेले बताए ।


ध्यानकर्षण पत्रसंगै प्रदेश (ख) कमिटीले नगरपालिकाको विपद् प्रकोप व्यवस्थापन कोषमा ६२ हजार ५ सय सहयोग हस्तान्तरण तथा कोरोना रोकथामको विषयमा समसायिक छलफल समेत गरिएको थियो ।

यस्तो छ ध्यानाकर्षण पत्रः

श्रीमान् नगर प्रमुखज्यू,
बुढानिलकण्ठ नगरपालिका,
हात्तीगौडा, काठमाडौं ।

सर्वप्रथम विश्वभरी महामारीको रुपमा पैmलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अभियानमा जनताको नजिक भएर काम गरिरहनु भएका यस बुढानिकण्ठ नगरपालीका प्रमुख, उप–प्रमुख, वडाध्यक्षहरु लगायत सम्पूर्ण जनप्रतिनिधीहरु, विभिन्न पार्टीका प्रमुख एवं प्रतिनिधीहरु, कर्मचारी, नागरिक समाज, संघ संस्थाहरु त्यस्तै जनताप्रति समर्पित भएर अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी, सूरक्षाकर्मी लगायत अन्य कर्मचारीहरु प्रति यस समिति हार्दिक सम्मान प्रकट गर्न चाहन्छ ।

यस महामारीसँग जुध्न यतिवेला अन्य सबै राजनीतिक विमतीहरुलाई थाती राखेर हामी यहाँको साथमा उभिएका छौं र स्थानिय सरकार भित्र नरहेर पनिसँगै लड्न सकिन्छ भन्ने संस्कार तथा यो संकटको घडिमा बुढानिलकण्ठ नगरपालीकालाई साथ दिन सबै दल, संघ, संस्था र समूदायहरुलाई पनि हार्दिक अपिल गरिरहेका छौं ।

यस रोगको नियन्त्रण तथा उपचारको सन्दर्भमा सही समयमा सही निर्णय लिएर आफ्ना कार्य प्रक्रियामहरुलाई इमान्दारीता, जवाफदेहीता एवं पारदर्शीताका साथ सही ढंगले जुट्यौ भने बुढानिलकण्ठ नगरपालिका र बुढानिलकण्ठ नगरबासीलाई सूरक्षित राख्न सामथ्र्य हुनेछौं ।

यस नगरपालिका भित्र नगर प्रमुखको नेतृत्वमा जारी अभियानले यथासक्य प्रयत्न निश्चयनै गरिरहेको छ । हामी त्यसलाई प्रोत्साहीत गरिरहेका छौं । तर यस्तो संकटको घडिमा हरेक कदमको समीक्षा हरेक दिन गर्न एवं विज्ञ र आफु बाहिरको मत निरन्तर आत्मसात गर्न आवश्यक हुन्छ । त्यसैले संकटको यस घडिमा हालसम्मको प्रगति र कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्दै पछिल्ला कदमहरु व्यवस्थित र प्रभावकारी बनाउने कुरामा ध्यानाकर्षण गर्न चाहन्छौं ।

यस वीचमा विदेशबाट आएका नागरिक कति हुन्छन् ? कति क्वारेन्टाइनमा बसेका छन ? कति क्वारेन्टाइनमा बसेका छैनन् ? यस नगरपालिको तथ्यांक संकलनको अवस्था के कस्तो छ ? क्वारेन्टाइन, स्वास्थ्य परिक्षण र उपचारको व्यवस्थित कार्ययोजनाका साथ समुदायलाई आस्वस्त राख्न नगर प्रमुखज्यूको ध्यानाकर्षण गर्न चाहन्छौं ।

लकडाउनको अवधिमा आकस्मीक रुपले खरिद योजना बनाउँदा आवश्यक पारदर्शी बनाऔं । नगरपालिकाले अगाडी बढाएको राहतको प्याकेजलाई सकारात्मक रुपमा लिदैं त्यो अपर्याप्त रहेको र यसलाई व्यवस्थित ढंगले अगाडि बढाउन आग्रह गर्दछौं । नगर प्रमुखज्यू हरेक आर्थिक वर्ष (असार मसान्त) को अन्तमा फ्रिज हुन लागेको बजेट कनिका छरेझै छर्ने गरेकोमा यस पटक त्यसो नगरि अहिले नागरिक बचाऔं, पछि ग्रावेल हालौला, पर्खाल लगाऔंला, बाटो बनाऔंला । श्रमजिवी वर्गको चुल्होहरु क्रमशः लकडाउन हुन सक्ने सम्भावित यथार्थ प्रति नगर प्रमुखज्यूको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं ।

अन्तमाः हामी यो संकटको घडिमा यहाँको साथमा छौं । दृढ ढंगले परिस्थितीको नेतृत्वगर्न यहाँलाई नेपाली काग्रेस बागमती प्रदेश, काठमाडौं जिल्ला, क्षेत्र नं ४ (ख) , प्रदेश कार्य समितिको हर सम्भव साथ र सहयोग रहनेछ ।जय नेपाल

(विनोद चालिसे)
सभापति


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा