बुधबार, चैत्र १५ २०७९
ताजा अपडेट

बूढानीलकण्ठ नगरपालिकाका पाँच जनामा कोरोना संक्रमण पुष्टि


  • KTM Khabar
  • शनिबार, साउन १७ २०७७
30K
SHARES

बूढानीलकण्ठ नगरपालिकाका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आरटी पिसिआर गरि बिहिबार, शुक्रबार र शनिबार तीन दिनमा आएको  परिक्षणको  नतिजा अनुरुप बूढानीलकण्ठ नगरपालिका वडा नं ८ का तीन जना, वडा नं ३ र वडा नं ७ का एक एकमजना गरि ५ जनामा कोरोना संक्रमण देखिएको हो।

संक्रमण पुष्टि भएका पाँचजना मध्ये बू.न.पाका वडा नं ८ का ३५ वर्षीय पुरुष, ३२ र ४१ वर्षीय महिला,  वडा नं ३ का २३ वर्षीय पुरुष तथा वडा नं ७ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ बूढानीलकण्ठ नगरपालिकाको जनस्वास्थ्य शाखाका प्रमुख कुमार प्रसाद दाहालले जानकारी प्रदान गर्नुभएको छ। संक्रमण पुष्टि भएकाहरु सबै अन्य जिल्लाबाट उपत्यकामा केहि दिन अघि मात्रै प्रवेश गरेको जानकारी समेत दाहालले बताउनुभएको छ।

बू.न.पा वडा नं ७, वडा २ र वडा ३ मा पुष्टि भएका संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ्गको कार्य आइतबारदेखि शुरु गरिने स्वासस्थ्य शाखा प्रमुख दाहालले बताउनुभएको छ। साथै हाल संक्रमण भएटिएका सबै व्यक्तिहरु अन्य जिल्लाबाट आएका र सो व्यक्तिहरु बसेको घरहरुको घरधनिहरुको समेत पिसिआर परिक्षण गरिने प्रमुख दाहाल बताउनु हुँदै सबै घरधनिहरुलाई नगर जनस्वास्थ्य शाखआमा सम्पर्क गर्नका लागि अनुरोध गर्नुभएको छ। साथै नगरपालिकाभित्रका सबै बासिन्दा तथा व्यक्तिहरुलाई सजग र सुरक्षा उपाय अपनाउन समेत प्रमुखले आग्रह गर्नुभएको छ।

संक्रमित मध्ये तीन जना बलम्बु र एक जनालाई टेकु अस्पतालमा उपचारका लागि आइसोलेसनमा राखिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा