बुधबार, चैत्र १५ २०७९
ताजा अपडेट

बहराइनमा कार्यरत हुनुहुन्छ, कोरोना विरुद्धको निःशुल्क खोप लगाउन नाम दर्ता गर्न छुट्यो की ?


  • KTM Khabar
  • मंगलबार, माघ २० २०७७
26.7K
SHARES

फाईल तस्बिर

बहराइन सरकारले तपार्ईँको लागि पनि निःशुल्क कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएकाले समयमै आफ्नो नाम दर्ता गराउनुहोस् ।
बहराइनमा सरकारले बहराइनका नागरिक सरह त्यहाँ कार्यरत नेपाली नारिकलाई पनि निःशुल्क कोरोना विरुद्धको खोप उपलब्ध गराइरहेको छ । साथै बहराइन सरकारले अहिलेसम्म पनि खोपका लागि नाम नटिपाउनेहरुलाई आफ्नो नाम समयमै दर्ता गराउन आग्रह पनि गरेको छ ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले खोपको दुवै मात्र लिएको र उहाँमा कुनै पनि स्वास्थ्य जटिलता नदेखिएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासले समयमै बहराइन सरकारले उपलब्ध गराएको खोप लगाउन अनुरोध पनि गरेको छ । खोप आए पनि कोरोनाको जोखिम कम नभएकाले मास्क लगाउन, भौतिक दुरी कायम गर्न र अन्य स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्न पनि दूतावासले सबै नेपालीलाई आग्रह गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा