शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

बूढानीलकण्ठ नगरकै पहिलो डिजिटल सहकारी बन्यो ‘खोटाङ्ग जलेश्वरी’


  • बुधबार, माघ ७ २०७७
35.9K
SHARES

काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका (बूनपा) वडा नम्वर १०, रुद्रमती चोकमा रहेको खोटाङ्ग जलेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बूनपाकै पहिलो डिजिटल सहकारी संस्था बन्न सफल भएको छ ।
२०६९ सालमा स्थापना भई आफ्नो सेवा दिइरहेको खोटाङ्ग जलेश्वरीले वित्तिय कारोबारका लागि थप सहज बनाउन यस वर्षबाट ‘मोवाइल बैँकिङ्ग’ सुविधा प्रदान गरि नगरकै पहिलो डिजिटल सहकारी भएको प्रवन्ध निर्देशक प्रकाश कटुवालले दावी गरेका छन् ।


करिब १ वर्षको अध्ययन पश्चात यस वर्षको माघ १ गतेदेखि सदस्यहरुले कारोबार गर्न सकिने गरि ‘मोवाइल बैँकिङ्ग’ सुचारु गरिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) का कारण नगद भुक्तानी गर्न असहज भएसंगै सदस्यहरुलाई कारोबारका लागि थप सुविधा होस् भन्ने उद्देश्यले ‘मोवाइल बैँकिङ्ग’ र ‘कार्डलेस एटिएम’ सेवा प्रदान गरिएको र केही समयमै सहकारीको आफ्नै एटिएम कार्ड सञ्चालनमा ल्याउने तयारी रहेको प्रवन्धक कटुवाल बताउछन् ।
मोवाइल बैँकिङ्ग मार्फत सदस्यहरुले टप अफ, बैँक ट्रान्फर, लोड फन्ड, इन्टरनेट, रिचार्ज, बत्ति विजुली बिल, हवाई टिकट भुक्तानी लगायत खल्ति एप तथा बैँकमार्फत सिधा आफ्नो सहकारीको खातामा रकम जम्मा गर्न सकिने सुविधा रहेको जनाइएको छ ।
यस्तै खोटाङ्ग जलेश्वरीका सदस्यहरुका लागि सिभिल बैँकको एटिएम बुथबाट सिधै रकम भुक्तानी पाउन कार्डलेस एटिएम सुविधा प्रदान गरिएको छ ।
मोवाइल बैँकिङ्ग प्रयोगका लागि प्ले स्टोरमा गई KhotangJaleshwori mBank NextGen एप डाउनलोड गरि सञ्चालन गर्न सकिनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा