शनिबार, साउन ९ २०८३
ताजा अपडेट

करुणा अस्पतालले सुरु गर्यो ‘लेजर प्रविधि’बाट मृगौलाको पत्थरी शल्यक्रिया


  • बुधबार, पुष २९ २०७७
35.7K
SHARES

बूढानिलकण्ठ नगरपालिका वडा-१३ स्थित बहु बिशेषज्ञ सेवा भएको भएको करुणा अस्पतालमा लेजर प्रविधिबाट चिरफार नगरिकन गरिने मृगौलाको पत्थरीको शल्यक्रिया सेवा शुरु भएको छ।

हालै दाङ्गका २६ बर्षीय पुरुषको उक्त प्रविधिबाट सफल शल्यक्रिया भई स्वास्थ्य लाभ गरि दोश्रो दिनमा नै घर फर्केका छन्। साथै करुणा अस्पतालमा युरोलोजी अर्थात मुत्र बिज्ञान सम्बन्धि सम्पूर्ण सेवाहरु उपलब्ध भएको बरिष्ट युरोलोजिष्ट डा. सुजित पौडेलले जानकारी दिनु भएको छ ।

डा. पौडेलका अनुसार चिरफार नगरिकनै यस रिर्स (RIRS) प्रविधिमा लेजरबाट मृगौला देखि मुत्र नली सम्म रहेका पत्थरीहरु फुटाई निकालिन्छ। विगतमा पत्थरी सम्बन्धि उपचार विधि भनेको चिरफार ,शल्यक्रिया नै गर्नु पर्ने अवस्था थियो।

चिरफार पश्चात बिरामीलाई दुखाई तथा अन्य स्वास्थ्य समस्याहरु पाइएको थियो। तर प्रविधिको विकास संगै हाल यस रिर्स (RIRS) लेजर प्रविधिले मृगौला देखि मुत्र नली सम्म रहेका पत्थरीहरुको सहज र सफल उपचार भईरहेको बरिष्ट युरोलोजिष्ट डा. सुजित पौडेलले बताउनु भएको छ।

करुणा अस्पतालले उच्च स्तरिय जर्मन लेजर प्रविधि भित्राएर मुत्र रोग एवं मृगौला सम्बन्धि शल्यक्रियाको सम्पुर्ण सेवाहरु दिन सफल भएको छ। मुत्र रोग तथा मृगौलामा हुने पत्थरीको उपचारमा पी .सी. येन .एल(PCNL) प्वाल मात्र पारेर पत्थरी निकाल्ने , यु .आर. एस. ल (URSL) मुत्र नलीको दुरविनबाट पत्थरी निकाल्ने , TURP दुरविनबाट प्रोस्टेटको अपरेसन ,TURBT दुरविन बाट मुत्र थैलो क्यान्सर लगायत अन्य उपचार हरु को सेवा दिदिई आएको डाइरेक्टर बरिष्ट क्यान्सर रोग बिशेष ज्ञ डा सौगात पौडेल ले जानकारी दिनु भएको छ।

यो सेवासंगै करुणा अस्पतालले स्तर वृद्धि गर्दै थप सेवाहरु प्रदान गर्दै लैजाने अस्पतालका प्रमुख कार्यकारी अधिकृत बरिष्ठ न्युरो सर्जन डा राम कुमार श्रेष्ठ ले बताउनु भएको छ। हाल अस्पतालमा जनरल मेडिसिन , सर्जरी ,पल्मोनोलोगि , नेफ्रोलोजी , ई येन ति , अक्नोलोजी तथा केमोथेरापी , मनोरोग सेवा, कार्डियोलोजी , पेडिअट्रिक्स,अब्स गाइनो का साथै न्युरो सर्जरी लगायत सेवाहरु अस्पतालले प्रदान गरिरहेको समेत डा .श्रेष्ठले बताउनु भएको छ। एन.आइ .सी .यु (NICU) र (PIANLESS) पेन लेस लेजरको सेवा पनि अस्पतालले चांडै नै शुरु गर्न लागेको जानकारी दिनु भएको छ।

तस्विरः करुणा अस्पताल


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा