बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

बूनपाको सामाजिक विकास समिति संयोजकमा शान्ता ढकाल


  • मंगलबार, पुष ७ २०७७
13.9K
SHARES

७ पुस, काठमाडौं ।

बूढानीलकण्ठ नगरपालिका (बूनपा) को सामाजिक विकास समितिको संयोजकमा नगर कार्यपालिका सदस्य शान्ता ढकाल नियुक्ति भएकी छिन्। नगर कार्यपालिकाको पुस १ गते बसेको बैठकले ढकाललाई उक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।
करिव २ दशक नेपालको शिक्षा क्षेत्रमा सक्रिय रहेकी ढकाल स्थानीय निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ बाट लोकप्रिय मत सहित विजयी बनेकी थिइन्।

नगरपालिकाको स्वास्थ्य ,शिक्षा ,धर्म संस्कृति ,बालबालिका ,महिला तथा जेष्ठ नागरिकहरुका विभन्न मुद्दा तथा सरोकारका विषयहरुमा नीति निर्माण ,योजना तथा कार्यक्रम निर्माण तथा कार्यान्वयन जस्ता महत्वपूर्ण जिम्मेवारी बहन गर्नुपर्ने सो समितिमा संयोजक ढकाल संगै वडा नं ४ का अध्यक्ष राजु खड्का ,वडा नं ८ का अध्यक्ष सुमन तामाङ ,नगर कार्यपालिका सदस्य तारा रोक्का र नगरको सार्वजनिक लेखा समितिका संयोजक पुरुषोत्तम नेपाल सदस्य रहेका छन।

केवल भौतिक विकासले मात्र सम्पूर्ण विकासको मापन नहुने र यसमा सामाजिक विकासको निकै महत्वपूर्ण भूमिका रहने बताउदै ढकालले नगरपालिकाले दिएको जिम्मेवारीलाई नगरवासीको हितमा केन्द्रित राखेर पुरा गर्ने प्रतिवदत्ता व्यक्त गरेकी छन।

सामाजिक विकास समितिको क्षेत्र र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा निकै फराकिलो र गहन भएकोले यस संग सम्बन्धित सबै सरोकारवाला पक्षहरुको सहभागिता र सुझाव समेट्दै ठोस कार्ययोजना निर्माण गरेर अगाडी बढ्ने बताउदै उनले रचनात्मक सुझाव र सल्लाहका लागि सबैमा अनुरोध गरेकी छन।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा