शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

टिवेटन ह्याण्डिक्राफ्टद्धारा १०३ कर्मचारीलाई राहत प्रदान (भिडियो)


  • सोमबार, मंसिर २९ २०७७
19.3K
SHARES

काठमाडौँ ।

बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ११, कपनमा रहेको टिवेटन ह्याण्डिक्राफ्ट एण्ड पेपर प्रा.ली.ले आफ्ना कार्यरत कर्मचारीलाई राहत सामाग्री प्रदान गरेको छ ।


मंसिर २९ गते सोमबार कपन स्थित आफ्नै प्रांगणमा एक कार्यक्रमको आयोजना गर्दै १०३ कर्मचारीलाई राहत प्रदान गरिएको हो ।


बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धब प्रसाद खरेलको प्रमुख आतिथ्यतमा गरिएको उक्त राहत विरतण कार्यक्रममा फेयरट्रेड ग्रुपका अध्यक्ष चित्र बहादुर केसी, वडा नम्वर ११ का वडाअध्यक्ष राजु अधिकारी, वडा सदस्य विनोद तामाङ, कार्यरत कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।


जर्मनी संस्थाको सहयोगमा १० लाख ५० हजार बराबरको राहत सामाग्री कार्यक्रमका प्रमुख अतिथि एवं बूढानीलकण्ठ नगरपालिकाका प्रमुख खरेलको हातबाट राहत प्रदान गरिएको थियो ।


कार्यक्रममा बोल्दै टिवेटन ह्याण्डिक्राफ्ट एण्ड पेपरका अध्यक्ष निमा शेर्पाले कोभिड–१९ का कारण कार्यरत कर्मचारीले पुर्ण तलब समेत पाउन सकेका छैन । जसका कारण उत्पन्न अप्ठ्यारोलाई सहजीकरण प्रदान गर्न जर्मनी सामाजिक संस्थाको सहयोगमा राहत वितरण गरिएको हो । एक कर्मचारीलाई ११ हजार बराबारको राहत सामाग्री प्रदान गरेका छौँ अध्यक्ष शेर्पा भन्छन् ।


यस्तै कार्यक्रममा बोल्दै टिवेटन ह्याण्डिक्राफ्ट एण्ड पेपरका सञ्चालक निम्तो शेर्पाले कोरोनाका कारण कर्मचारीलाई परेको समस्यालाई सम्वोधन गर्नका लागि राहत सामाग्री प्रदान गरिएको बताए । उनले राहत सामाग्री प्रदान गर्ने सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्दै सहयोगी संस्था मार्फत प्राप्त सन्देशलाई समेत उक्त कार्यक्रममा वाचन गरेका थिए ।


कार्यक्रमका प्रमुख अतिथि एवं मेयर खरेलले राहत सामाग्री वितरण कार्यको प्रशंसा गर्दै टिवेटन ह्याण्डीक्राफ्टको थप सफलताको शुभकामना व्यक्त गरेका थिए । सयौँको संख्यामा रोजगारी श्रृजना गरि नेपाली उत्पादनलाई विश्व बजारसम्म पुर्याउन सफल टिवेटन ह्याण्डीक्राफ्टलाई आगामी दिनमा आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।


सोही राहत वितरण कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले टिवेटन ह्याण्डीक्राफ्ट एण्ड पेपर प्रा.ली. का अध्यक्ष निमा शेर्पासंग भिडियो कुराकानी गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

 

तस्विरः रोभिन भट्टराई/KTMKHABAR


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा