शनिबार, साउन ९ २०८३
ताजा अपडेट

जन्मदिनमा पत्रकार नबिनले गरे दृष्टिविहिन परिवारलाई सहयोग


  • बिहिबार, मंसिर २५ २०७७
13K
SHARES

पत्रकार नबिन धमलाले आफ्नो जन्मदिनको अवसरमा दृष्टिविहिन गायक विरबहादुर विश्वकर्माको परिवारलाई सहयोग गरेका छन् । दृष्टिविहिन तथा आर्थिक अवस्था कमजोर भएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ का विश्वकर्माको परिवारलाई पत्रकार धमलाले जन्मदिनको अवसरमा खाद्यन्न, लत्ताकपडा सहितको सहयोग गरेका हुन् ।

दृष्टिविहिन भएकाले अर्थोपार्जनको काम गर्न नसक्दा गीत गाएर आफु र परिवारको गुजारा चलाउँदै आएका विश्वकर्मालाई पत्रकार धमलाले सिन्धुपाल्चोकको काङलाङ पुगेर सहयोग गरेका हुन् । टङना बजाएर गीत गाउँदा दाताले दिएको दानबाट परिवार पालेका विश्वकर्माको समस्या देखेर सहयोग गरेको पत्रकार धमलाले बताए । जन्मदिन मनाउँदा हुने फजुल खर्च सदुपयोग गरेर विपन्न परिवारलाई सहयोग गरेको उनको भनाई छ ।

अनलाइन सरोकारका सम्पादक धमलाले बिहीबार विश्वकर्मा परिवारलाई चामल २ बोरा, सिरानी २ वटा, सिरक २ वटा, तन्ना २ वटा, डस्ना २ वटा लगायतका सामाग्री हस्तान्तरण गरेका हुन् ।

गायक विश्वकर्माकाे आर्थिक अवस्था निकै नै कमजोर छ । दृष्टिविहिन भएकाले अर्थोपार्जनको काम गर्न नसक्दा उनले गीत गाएर आफू र परिवारको गुजारा चलाउँदै आएका छन् । उनका श्रीमती र २ छोरा छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा