काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १३, चुनिखेलमा शनिबार सरसफाई, स्वास्थ्य शिविर एवं संविधान दिवसको अवसरमा बत्ति बाल्ने कार्यक्रम हुने भएको छ ।
चुनिखेल स्थित नवपुर पोखरीमा गरिने उक्त सामाजिक कार्यलाई लायन्स क्लब इन्टरनेशनल ३२५ ए वान अन्तर्गत रहेको लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा पुचः ले आयोजना गर्न लागेको हो ।
बिहान ७ बजेदेखि गरिने उक्त कार्यक्रमको पहिलो खण्डमा १० बजेसम्म सरसफाई कार्यक्रम गरिनेछ । ११ बजेदेखि दिउसो ३ बजेसम्म चाबहिलमा रहेको ओम समाज डेन्टलसंगको सहकार्यमा स्वास्थ्य शिविर र बेलुका ६ बजेदेखि ८ बजेसम्म बत्ति बाल्ने कार्यक्रम गरिने बूढानीलकण्ठ नेवा पुचः का भाईस प्रेसिडेन्ट विकास श्रेष्ठले बताए ।
लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा पुचः समाजसंग समर्पित बनेर विभिन्न सामाजिक कार्यलाई अगाडी बढाइरहेको छ । सो कुराको निरन्तरता स्वरुप शनिबार सरसफाई, स्वास्थ्य शिविर एवं संविधान दिवसको अवसरमा बत्ति बाल्ने कार्यक्रमको आयोजना गर्न लागिएको प्रेसिडेन्ट श्रीकृष्ण श्रेष्ठ (आयन) ले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।