काठमाडौँ – लायन्स क्लब इन्टरनेशनल ३२५ ए वान अन्तर्गत रहेको लायन्स क्लब (एलसी) अफ बूढानीलकण्ठ नेवा पुचः ले विपन्न तथा मजदुरी गर्दै आएका परिवारलाई खाद्य सामाग्री विरतरण गरेको छ ।

स्थानिय जनप्रतिनिधी, राजनीतिकर्मी, समाजसेवीहरुको विशेष सहयोगमा वडा नम्वर १३ संगको समन्वयमा खाद्य सामाग्री वितरण गरिएको हो ।

यस वर्षबाट लायन्स क्लब इन्टरनेशन ३२५ मा दर्ता भएको लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा पुचःले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । उक्त कुराको निरन्तरता स्वरुप लायन्स क्लब इन्टरनेशनल ३२५ ए वानले स्थापना गरेको फुड बैँक अन्तर्गत विपन्न तथा मजदुरी गर्दै आएका परिवारलाई खाद्य सामाग्री विरतरण प्रेसिडेन्ट श्रीकृष्ण श्रेष्ठ (आयन) ले बताए ।

श्रावन १६ देखि २० गतेसम्म वितरण गरिएको उक्त खाद्य सामाग्री बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १३, चुनिखेलमा रहेको विपन्न तथा मजदुरी गर्दै आएका व्यक्तिहरुको पहिचान गरि राहत वितरण गरिएको भाईस-प्रेसिडेन्ट विकास श्रेष्ठले बताए ।

श्रावण १६ गते ३१ जना, १७ गते ४३ जना, १८ गते ८३ जना, १९ गते १०५ जनालाई प्रति व्यक्ति ५ केजी चामल, दाल, नुन वितरण गरिएको थियो भने २० गते ५ परिवारलाई खाद्य सामाग्री वितरण गरिएको थियो ।