३० श्रावण, काठमाडौँ ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वान अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौँ लिडरसिप फर चेन्जले आँखाको ज्योति गुमाएका तथा आर्थिक रूपमा विपन्न वालवालिकाको शिक्षाको जिम्मा लिने भएको छ ।
हाललाई एक जनालाई र निकट भविष्यमा अन्य थप वालावलिकाहरुलाई पढाइ पुरा नहुन्जेलसम्मका लागि लाग्ने सम्पुर्ण आर्थिक भार व्यहोरिने प्रेसिडेन्ट गेन्द्र लामाले बताए ।
यस खालका कुनै वालवालिका भए हामीलाई सम्झनुहोस्, आवश्यक अध्ययन गरि शिक्षाको पुर्ण जिम्मेवारी हामी लिन्छौँ प्रेसिडेन्ट लामा भन्छन् ।
यस्तो छ लायन्स क्लब अफ काठमाडौँ लिडरसिप फर चेन्जको सार्वजनिक अपिलः
आदरणीय लायन्स मित्रहरु तथा लिडरज्युहरू नमस्कार !!!
Lionism को यात्रामा आफ्नो स्थापना कालदेखि नै Lions Club of Kathmandu Leadership For Change ले अनवरत रूपमा समाज सेवामा अतुलनिय योगदान पुर्याउदै आएको सवैमा सर्वविदितै छ। यसै क्रममा लायन्स क्लब इन्टरनेशनलले (Sights for Kids र vision) लाइ पनि प्राथमिकतामा राखेर सेवा गरिरहेको छ । यसै कुरालाइ हृदयगम् गरि लायन्स क्लब अफ काठमाण्डौ लिडरसिप फर चेन्जले आँखाको ज्योति गुमाएका साथै आर्थिक रूपमा विपन्न कोही वालवालिका छन् भने शुरूवातमा एक जनालाइ र निकट भविष्यमा अरू थप वालावलिकाहरुलाई पढाइ पुरा नहुन्जेल सम्मका लागि लाग्ने सम्पुर्ण आर्थिक व्यायभार व्यहोर्ने सहर्ष जानकारी गराउँदछौ ।
यदि यहाँहरूको सम्पर्कमा कोही यस प्रकारका वालवालिका भए यथाशिघ्र जानकारी गराइ यस मानव कल्याणकारी कार्यमा सहयोग गरिदिनु हुन हार्दिक अनुरेाध गर्दछौ। धन्यवाद !
सम्पर्क व्यक्तिहरु:-
१) गेन्द्र लामा ( ९८५१०४८३८७) प्रेसिडेन्ट
२) राजकुमार लामिछाने (९८४११८८८८८) फस्ट भाइस प्रेसिडेन्ट
३) भरत घिमिरे (९८५१११८१२७) क्लब मेम्बर लायन्स क्लब अफ काठमाण्डौ लिडरसिप फर चेन्ज
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।