शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

टुपेक कृषि सहकारीको सातौँ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा सरोज राज श्रेष्ठ


  • आइतबार, साउन १८ २०७७
29.2K
SHARES

काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १३, चुनिखेलमा रहेको टुपेक कृषि सहकारी संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा सम्पन्न गरेका छ ।
शनिबार एएमबी कम्प्लेक्सको हलमा शेयर सदस्यहरुको उपस्थितिमा सातौँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।


उक्त साधारण सभाले नयाँ कार्यसमिति चयन गरि फरक कार्यनीतिका साथ अगाडी बढ्ने उद्देश्य लिँदै अध्यक्षमा सरोजराज श्रेष्ठलाई चयन गरेको छ । यस्तै शनिबार नै बनेको उक्त नयाँ कार्यसमितिको उपाध्यक्षमा हरि बहादुर श्रेष्ठ, सचिवमा सुवास श्रेष्ठ, कोषाध्यक्षमा रोशन श्रेष्ठ लगायत सात सदस्य कार्यसमिति चयन गरेको हो ।


यस्तै लेखा संयोजकमा कुवेर आचार्य, कविता श्रेष्ठलाई चयन गरिएको छ भने ऋण संयोजकमा अमृत श्रेष्ठलाई चयन गरिएको छ ।


कोभिड–१९ बाट उत्पन्न चुनौतीलाई आत्मसाथ गर्दै वित्तिय व्यबस्थापनलाई थप सहज गर्न तथा कृषि लगानीमा नयाँ आयाम थप्ने उद्देश्य सहित नयाँ कार्य समिति अगाडी बढ्ने नवनिर्वाचित अध्यक्ष सरोज राज श्रेष्ठले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा