शनिबार, साउन ३० २०८३
ताजा अपडेट

प्राक्सिसमा ‘बृहत रक्तदान कार्यक्रम’ सम्पन्न (फोटोफिचर)


  • बुधबार, असार १७ २०७७
38.1K
SHARES

१७ असार, काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नम्वर ७, चुच्चेपाटीमा रहेको प्राक्सिस इन्टरनेशनल एकेडेमीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।


लायन्स क्लब इन्टरनेशनल ३२५ ए वान अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौँ लिडरसिप फर चेन्जको आयोजनामा असार १७ गते बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।


बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको रक्तदान कार्यक्रममा ६९ जना दाताहरुले रक्तदान गरेको आयोजकले जनाएको छ ।


लायन्स क्लबको १०४औँ वार्षिकोत्सव तथा नेपालमा लायन्स सुरु भएको ५०औँ वर्षको अवसरमा डिष्ट्रिक गभर्नर टंक बहादुर श्रेष्ठले घोषणा गर्नुभएको साताव्यापी सेवा कार्यक्रम अन्तर्गत बुधबार बृहत रक्तदान कार्यक्रम गरिएको लिडरसिप फर चेन्जका प्रमुख गेन्द्र लामाले बताए । बिहानी सत्रमा जगडोल स्थित बृक्षारोपण गरिएको थियो । सो पश्चात कपनमा रहेको बाल अपांग टेवा संस्था (सिडिसिए) मा फिडिङ टु हंगर कार्यक्रम अन्तर्गत खाद्यान्न सहयोग गरिएको लामाले बताए ।


यस्तै प्राक्सिसमा भएको रक्तदान कार्यक्रमसंगै लायन्स क्लब अफ काठमाडौँ लिडरसिप फर चेन्जको स्पोन्सरमा श्रीकृष्ण श्रेष्ठ (आयन) श्रेष्ठको नेतृत्वमा लायन्स क्लब अफ काठमाडौँ बूढानीलकण्ठ नेवा पुचः घोषणा गरिएको थियो ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा