आइतबार, कार्तिक २३ २०८३
ताजा अपडेट

सिडिसिएद्धारा वडा नं. १३ लाई पिपिई तथा मास्क हस्तान्तरण


  • सोमबार, असार १५ २०७७
18.4K
SHARES

काठमाडौँ ।
बाल अपांग टेवा संस्था (सिडिसिए) ले बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १३ लाई पिपिई तथा मास्क हस्तान्तरण गरेको छ ।
बिहिबार वडा कार्यालय चुनिखेल पुगि सिडिसिएका अध्यक्ष डेण्डी शेर्पाले वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठलाई पिपिई तथा मास्क हस्तान्तरण गरेका हुन् ।


वडा नम्वर १३ मा सञ्चालनमा रहेको एम्बुलेन्स चालकलाई केन्द्रित गरेर वडाले सिडिसिएसंग पिपिई माग गरिएको र सोही अनुसार अध्यक्ष शेर्पाले निःशुल्क पिपिई तथा मास्क प्रदान गर्नुभएको वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठले बताए । यसका लागि सामाजिक संस्था सिडिसिएलाई धन्यवाद व्यक्त गर्दछु श्रेष्ठ भन्छन् ।


वडालाई ४ थान स्तरिय पिपिई र १०० पिस मास्क प्रदान गरिएको अध्यक्ष शेर्पाले बताए ।
यस्तै सिडिसिएले बन्दाबन्दीको समयमा पनि ३ सयभन्दा बढी अशक्त व्यक्तिहरुको परिवारलाई खाद्यान्न तथा वडा नम्वर ११ लाई पिपिई तथा मास्क वितरण गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा