शनिबार, साउन ९ २०८३
ताजा अपडेट

लायन्स क्लब अफ काठमाडौँ लिडरसिप फर चेन्जले साताव्यापी सेवाका कार्यक्रमहरु गर्ने


  • सोमबार, असार १५ २०७७
18.8K
SHARES

१५ असार, काठमाडौँ ।
लायन्स क्लब इन्टरनेशनल ३२५ ए वान अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौँ लिडरसिप फर चेन्जले साताव्यापी सेवाका कार्यक्रमहरु गर्ने भएको छ ।
जुलाई १ देखि ७ सम्म विभिन्न सेवाका कार्यक्रमहरु गर्ने भएको हो ।


लायन्स क्लबको १०४औँ वार्षिक उत्सव तथा नेपालमा लायन्स क्लब सुरुवात भएको ५०औ वर्षको अवसर पारेर लायन्स क्लब इन्टरनेशनल ३२५ ए वानले डिष्ट्रिक गभर्नर टंक बहादुर श्रेष्ठको नेतृत्वमा १०४ वटा सेवाका कामहरु गर्दै छ । उक्त कुराको समर्थनमा लिडरसिप फर चेन्जले पनि साताव्यापी कार्यक्रम घोषणा गर्दै कार्यहरु गर्ने लिडरसिप फर चेन्जका प्रमुख गेन्द्र लामाले बताए ।


साताव्यापी सेवा अन्तर्गत जुलाई १ तारिकका दिन चुच्चेपाटीमा रहेको प्राक्सिस इन्टरनेशनल एकेडेमीमा बृहत रक्तदान कार्यक्रम गरिनेछ । यस्तै जगडोलमा वृक्षारोपण कार्यक्रम, एमजेएफ डोनेसन १ जना, १०० डलर डोनेसन २ जना, एनएलएफ डोनेसन २ जना, नयाँ लायन्स क्लब घोषणा, नयाँ लियो क्लब घोषणा, केटिएम खबर मार्फत लायन्सको गतिविधिबारे जानकारी दिने सबडोमेन सार्वजनिक, ८ जना नयाँ सदस्य थप गरिने, फिडिङ टु द हंगर कार्यक्रम लयायतका विभिन्न सेवाका कार्यक्रमहरु गरिने जनाइएको छ ।


यस्तै गभर्नर टंक बहादुर श्रेष्ठले लायन वर्ष २०२०/२१ मा हरेक महिनाको अन्तिम शनिबारलाई सर्भिस डेको रुपमा मनाउँन गरिएको आह्वानलाई लिडर फर चेन्जले पनि आत्मसाथ गर्ने जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा