शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

गोकर्णेश्वर नगरपालिकामा पुनः दादुरा–रुबेला रोग विरुद्धको खोप लगाउन सुरु गरियो


  • बुधबार, असार ३ २०७७
10.3K
SHARES

फाइल तस्बिर

लकडाउनका कारण गोकर्णेश्वर नगरपालिकामा रोकिएको दादुरा–रुबेला रोगविरुद्धको खोप अभियानले निरन्तरता पाएको छ । गत चैत १० गतेदेखि शुरु भएको अभियान सरकारले लकडाउन घोषणा गरेपछि रोकिएको थियो ।
गोकर्णेश्वर नगरपालिकाका बिभिन्न वडामा लकडाउनकै बीच पनि सुरक्षा प्रवन्धका साथ बालबालिकालाई दादुरा–रुबेला रोगविरुद्धको खोप लगाइएको थियो ।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ र ९ मा चैत्र १३ गते स्थगित भएकोराष्ट्रिय दादुरा रुबेला खोप अभियान ९ महिना देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जोरपाटी स्वास्थ्य चौकीले असार २ र ३ गते गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित जोरपाटी स्वास्थ्य चौकी आरुबारीमा सम्पन्न गरेको छ ।
आगामी असार ६ गते शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित छहारी युवा क्लबमा लगाइने पनि गोकर्णेश्वर स्वास्थ्य शाखाले जनाएको छ । मंगलबार करिब ५० जना बालबालिकाले गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित जोरपाटी स्वास्थ्य चौकी आरुबारीमा दादुरा–रुबेला रोगविरुद्ध खोप लगाएका थिए ।राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत २०७६ चैत १० देखि २९ गतेसम्म दादुरा–रुबेला रोगविरुद्ध खोप अभियान सञ्चालन गर्ने समयतालिका लकडाउनका कारण प्रभावित भएको थियो ।अन्य खोप सेवा भने वैशाख दोस्रो सातादेखि नै शुरु भएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा